LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिकाका कर्मचारीहरुले आइतबार अत्यावस्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चितकालीन पेन डाउन आन्दोलन सुरु गरेका छ्न ।

देशभरका स्थानिय तहका कार्मचारीहरुले गएको शुक्रबार देखि अनिश्चित कालिन पेन डाउन सुरु गरेका हुन ।
केन्द्रिय कर्मचारी संघर्ष समितिको निर्णयअनुसार गएको शुक्रबार देखि देशभरका ७५३ वटै स्थानिय तहका कर्मचारीहरुले आन्दोलन सुरु गरेका हुन । सोहि निर्णय अनुसार आईतबार देखि सैनामैना नगर पालिकाका कर्मचारीले पेन डाउन कार्यक्रम आयोजना गरेका हुन । आन्दोलन गर्नु को मुख्य उदेश्य भनेको कर्मचारी कर्मचारी बिच को बिबेद अन्त्य गर्न र अहिले बन्न लागेको संघिय कर्मचारी ऐन नभएर एकीकृत ऐन ल्याउनु पर्छ भन्नेमा रहेको आन्दोलनमा सहभागिको भनाई रहेको छ ।

एकीकृत निजामती कर्मचारीहरु र स्थानिय तहकाकर्मचारीहरुले सेवा नपाएको र कर्मचारी कर्मचारी बिच रहेको बिबेध बिरुद आन्दोलन गर्नु परेको सैनामैना नगरपालिका भवन शाखा ईन्जिनियरले जानकारी दिनु भयो ।

यस्तै आईतबारनै रुपन्देहीको कन्चन गाउँपालिकामा कार्यरत कर्मचारीहरुले अत्यावश्यक सेवा बाहेकका सबै सेवा ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन आन्दोलन सुरु गरेका छन ।
गाउँपालिकाका सम्पुर्ण कर्मचारी सहित आन्दोलनमा सहभागि हुनुभएका कर्मचारी सङ्घर्ष समिति कञ्चन गाउँपालिकाका संयोजक सन्तोष गैरे संघिय निजामति सेवा ऐनको सट्टा एकिकृत सेवा ऐन जारि गरिनुपर्ने, स्थानिय तहको प्रमुख प्रशासकिय अधिकृत पद स्थानिय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामतिको परिभाषा भित्र स्थानिय तहका कर्मचारीहरुलाई समेत समावेश गरिनुपर्ने, तीनै तहमा समान वृतिविकास, अन्तर प्रदेश सरुवा,विना सहमति चकृय सरुवा प्रणाली, समायोजनका कर्मचारीको उचित व्यवस्थापन, उमेर हद र सेवा अवधि गणना, सेवा सुरक्षाको सुनिश्चितता हुनुपर्ने लगायतका मागहरु रहेको गैरेले जानकारी दिनुभएको छ ।
प्रशासनिक संघियता पुर्ण कार्यान्वयनको आधार, तिनै तहका कर्मचारीको समान आधिकार भन्ने नाराका साथ सुरु भएको आन्दोलनमा आफ्ना मागहरु पुरा नभए अझ शसक्त आन्दोलनमा उत्रिने सङ्घर्ष समिति कञ्चन गाउँपालिकाका सह संयोजक रमेश भुसालले जानकारी गराउनुभयो ।
यता प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले कर्मचारीहरुका मागलाई केन्द्र बाटै छिटो सम्बोधन हुनुपर्ने बताउनु भएको छ । त्यस्तै उहाँले कर्मचारीका मागहरु छिट्टै सम्बोधन गरेर पुनः काममा फर्कीने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय