LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

काठमाण्डौ – सरकारले इजरायलमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न ढिलो गरेको भन्दै आलोचना भएको छ । अस्ति शनिवारदेखि बंकरभित्र बसिरहेका नेपालीले आफूहरुको छिटो उद्धार गर्न माग गरिरहेका छन् । तर सरकारले अहिलेसम्म इजरायलमा रहेका नेपालीलाई सचेत रहन र घटनाबारे जानकारी दिन विज्ञप्ति निकाल्नुबाहेक अरु कदम चाल्न सकेको छैन ।

परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासबाट आवश्यक सूचना र आधिकारिक जानकारी दिन ढिलाइ भएकोमा पनि आलोचना भैरहेको छ । नेपालमा रहेको परराष्ट्र मन्त्रालय र इजरायलमा रहेको नेपाली दूतावासबीच सूचना आदानप्रदानमा समन्वयको अभाव देखिएको छ । हिजो राजदूतले १० जना नेपालीको ज्यान गएको खबर सञ्चारमाध्यमलाई दिँदा परराष्ट्र मन्त्रालयले राति अबेर मात्रै विज्ञप्ति निकालेर आधिकारिक जानकारी दियो ।

यस्तै दूतावासले स्वदेश फर्कन चाहनेलाई अनलाइन रजिस्टे्रशनको व्यवस्था गरिसकेको जानकारी दिंदा परराष्ट्रले त्यसको तयारी मात्रै भएको जनाएको छ । अहिलेसम्म सरकारी तबरबाट उद्धारको लागि समन्वय र ठोस योजना तयारीको काम समेत भएको छैन ।

परराष्ट्र मन्त्रालयले अहिले तेल अभिभ विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाई मार्ग मार्फत आवतजावत भइरहेको जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा नेपालीको उद्धारका लागि गठन भएको संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकको संरक्षण र उद्धार गर्न आवश्यक पहल गरिरहेको उल्लेख छ ।

द्वन्दग्रस्त क्षेत्रबाट नेपालीहरुको यथाशिघ्र उद्धार गर्न नेपाल सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरणहरु उपलब्ध गराइएकोले उहाँहरु मार्फत आवश्यक जानकारी लिन र सम्पर्कमा रहन पनि परराष्ट्र मन्त्रालयले भनेको छ । यस कठिन परिस्थितिमा इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई सजगता अपनाउन र नेपाली राजदूतावाससँग सम्पर्कमा रहन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

यस्तै इजरायलमा रहेको नेपाली दूतावासले आक्रमण भएको क्षेत्रबाट केही नेपाली तेल अभिभ आइपुगेका जनाएको छ । उद्धारको पर्खाइमा रहेका बाँकी नेपालीहरुलाई समेत नेपाल सरकार, तालिम प्रदायक केन्द्र, रोजगारदाता र इजरायलवासी नेपाली समुदायसँगको सहकार्यमा तुलनात्मक रुपमा बढी सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्न काम भैरहेको पनि दूतावासको भनाइ छ । दूतावासले आफू रहेकै ठाउँमा सुरक्षित रहन र रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुनुहुन समेत आह्वान गरेको छ ।

सरकारले इजरायलमा अलपत्र तथा समस्यामा परेका नेपालीहरुलाई आवश्यक जानकारी, सहयोग र सहजीकरण गर्नका सम्पर्क व्यक्ति तोकिएको छ । परराष्ट्र मन्त्रालयले प्रवक्ता सेवा लम्साल, सहसचिव शरदराज आरण, उपसचिव दुरपदा सापकोटा र शाखा अधिकृत कृष्ण सिलवाललाई सम्पर्क व्यक्ति तोकेको जानकारी दिएको हो ।

यस्तै नेपाली राजदूतावास इजरायलकी राजदूत कान्ता रिजाल र प्रथम सचिव अर्जुन घिमिरेलाई पनि सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालको मोबाइल नम्बर ९८५१३१०२२९ रहेको छ । यस्तै मन्त्रालयकै सहसचिव शरदराज आरणको मोबाइल नम्बर ९८४४४९५८५८, उपसचिव दुरपदा सापकोटाको मोबाइल नम्बर ९८४१४०३३६२ र र शाखा अधिकृत कृष्ण सिलवालको मोबाइल नम्बर ९८४९१७९५२० रहेको छ ।

साथै तेल अभिभस्थित नेपाली राजदूत कान्ता रिजालको नम्बर ९७२५४५८६४४२३, प्रथम सचिव अर्जुन घिमिरेको नम्बर ९७२५२८२८९३०० मा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ । यस्तै मन्त्रालयले इमलेहरु पनि उपलब्ध गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय