LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

काठमाडौं, असोज २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलको बङ्करमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री प्रचण्डले इजरायलको बङ्करमा रहनुभएका नेपाली विद्यार्थी विपिन सुवेदीसँग संवाद गर्नुभएको हो । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले नेपाली विद्यार्थीलाई शीघ्र उद्धार गरिने र त्यसका लागि सरकार लागिपरेकाले नआत्तिन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले सरकार पछिल्लो तीन दिनदेखि नेपाली विद्यार्थीको उद्धारमा लागिपरेको बताउनुभएको थियो । उहाँले सोही विषयमा छलफल गर्न आजै मन्त्रिपरिषद्को बैठक बोलाइएको र सर्वदलीय बैठकमा समेत सोही विषयमा छलफल हुने बताउनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्रीस्तरमा पनि कुराकानी भएको र इजरायली दूतावाससँग पनि यसबारेमा नियमित छलफल भइरहेको उल्लेख गर्नुभएको थियो । उहाँले यी सबै कुरा त्यहाँका अरू विद्यार्थीलाई पनि सञ्चार गरिदिन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय