LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

असोज २३ गते । स्थानीय प्रशासनले नेपालगञ्जमा लगाउँदै आएको कर्फ्यु र निषेधाज्ञा पूर्णरुपमा हटेको छ । आठ दिनदेखि नेपालगञ्जमा लगाउँदै आइएको कर्फ्यु र निषेधाज्ञा मङ्गलबारबाट हटेको हो ।

असोज १६ गते दिउँसो १ बजेदेखि लगाइँदै आएको कर्फ्यु र त्यसपछि लगाइएको निषेधाज्ञा मङ्गलबार बिहान ४ बजेदेखि पूर्णरुपमा हटाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यु लगाइएको थियो । त्यसपछि राति कर्फ्यु र दिनमा निषेधाज्ञा लगाउने गरिएको थियो । नेपालगञ्जको जनजीवन सामान्य बन्दै गएपछि प्रशासनले कर्फ्यु र निषेधाज्ञा समय घटाउँदै लगेको थियो ।

नेपालगञ्जमा उत्पन्न विषम परिस्थितिमा समेत धैर्यताका साथ कर्फ्यु र निषेधाज्ञाको आदेश पालना गर्ने आम सर्वसाधारण नागरिक, समन्वय र सहयोग गर्ने धर्मगुरु, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा शान्ति सुरक्षामा रातदिन खटिने सुरक्षाकर्मीलगायत सबैलाई बाँके प्रशासनले आभार व्यक्त गरेको छ ।

स्थानीय प्रशासनले नेपालगञ्जको पूर्वमा राप्ति नदी, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझाचोक र दक्षिणमा जमुनाह नाका क्षेत्रभित्र कर्फ्यु र निषेधाज्ञा लगाउँदैआएको थियो । सामाजिक सञ्जालमा कुनै व्यक्तिले लेखेको स्ट्याटस र त्यसको जवाफमा लेखिएको कमेन्टको विषयलाई लिएर नेपालगञ्जमा सद्भावविरोधी गतिविधि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय