LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना, असोज २३ ।
दुधराक्ष युवा क्लवले इजरायलमा हमासको आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको दुःखद निधन भएकोमा श्रद्धाञ्जली ब्यक्त गर्दै द्विप प्रज्वलन गरेको छ । साथै क्लवले आक्रमणमा परेर घाईते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
मंगलवार साँझ सैनामैना वडा नं। ६ कलौनी चोकमा मृतकहरूप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै मृतक परिवारजनप्रति हार्दिक समवेदना ब्यक्त गरिएको छ । क्लवका अध्यक्ष किरण पोखरेलको अध्यक्षतामा गरिएको द्विप प्रज्वलन कार्यक्रममा सहभागीहरुले विश्वमा हिंसाका घटना बढ्दै गएकोमा चिन्ता प्रकट गर्दै विश्व शान्तिको कामना गरिएको थियो ।
नेपालबाट कृषि अध्ययनका क्रममा इन्टर्न गएका विद्यार्थीहरु आईतवार साँझ हमासको आक्रमणमा परेका थिए । तीमध्ये १० जनाको मृत्यु भएको छ । उनीहरूमध्ये चारजनाको उपचार भैरहेको छ भने एकजना विद्यार्थी अझै सम्पर्क बाहिर रहेको नेपाली दूताबासले जनाएको छ ।
दुधराक्ष युवा क्लबले विश्व शान्तिको लागि आयोजना गरेको द्विप प्रज्वलन कार्यक्रममा क्लबका पदाधिकारीका साथै सदस्यहरूको सहभागिता रहेको थियो ।
क्लवले सामाजिक क्षेत्रमा कृयाशीलता देखाउँदै आएको छ । केही दिनअघि क्लवकै आयोजनामा बृक्षारोपण गरिएका बिरूवा संरक्षण गर्ने उद्देश्यले कलौनी चोकदेखि लुम्बिनी सडकमा ट्रि गार्ड राखिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय