LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सैनामैना २३ असोज .

संघिय निजामती ऐनमा आफ्ना मागहरु सम्बोधन हुनु पर्ने माग गर्दै देशभरीका स्थानीय तहका कार्यरत कर्मचारीहरुको विभिन्न किसिमका आन्दोलनहरु गर्दै आइ रहेका छन् ।
स्थानीय तह कर्मचारी सङ्घर्ष केन्द्रीय समितिले ९ दिन देखि काठमाण्डौमा आन्दोलनमा उत्रेका हुन् । उक्त आन्दोलन एवम् दबाव मुलक कार्यक्रमलाई समर्थन जनाउदै सैनामैना नगरपालिका लगायत देशभरका कर्मचारीहरु पनि राजधानीमा बृहत दवाव मुलक कार्यक्रम सहभागि भएको सैनामैना नगरपालिका संघर्ष समितिका संयोजक अस्मित खड्रकाले बताउनुभयो ।
स्थानीय तह कर्मचारी सङ्घर्ष केन्द्रीय समितिले संघीय निजामती सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरूका मागहरू समावेश गरी तत्काल ऐन जारी गर्ने मागसहित प्रदर्शन गरेको हो ।
समितिले दबाब मूलक कार्यक्रम गर्नुका साथै ७५३ वटै स्थानीय तहमा अत्यावश्यक भन्दा बाहेकका सबै कामकाज बन्द गर्ने र काठमाडौं आउन नसक्ने कर्मचारीहरूले स्थानीय तहमै विरोधको कार्यक्रम गर्दै आइरहेको छन् ।
आन्दोलनरत कर्मचारीहरुको पेन डाउनका कारण स्थानिय तहका कामकाज ठप्प भएका छन । उहाँहरुको अनिश्चितकालीन पेड डाउनका कारण सेवाग्राही मर्का परेका हुन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय