झापा
भद्रपुर नगरपालिका–२ को रामपोखरी सामुदायिक वनमा रहेको कमलधाम सिमसार क्षेत्रमा आज बिहान वयस्क हात्ती मृतावस्थामा फेला परेको छ ।



डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना गिरीले सिमसारको दलदलमा आधा डुबेको अवस्थामा मृत हात्ती फेला परेकोे जानकारी दिनुभयो ।
हात्ती मरेको वा मारिएको भन्नेबारे अनुसन्धान भइरहेको गिरीले बताउनु भयो ।




