LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सन्धिखर्क, असोज २४ गते । सञ्चालक समिति र क्याम्पस प्रमुखको लापरबाहीले अर्घाखाँचीको एक मात्र सामुदायिक क्याम्पस पाणिनि बहुमुखी क्याम्पस आर्थिक सङ्कटमा परेको छ । २०४५ सालमा जनस्तरबाट सञ्चालन भएको क्याम्पसमा चरम राजनीतिक हस्तक्षेप र क्याम्पस प्रमुख बुद्धि भुसाल बेतलबी बिदामा बसेका कारण विगत आठ महिनादेखि प्राध्यापकले तलब पाएका छैनन् । सञ्चालक समितिले आर्थिक सङ्कट घोषणा गर्ने अवस्था बनेको क्याम्पस प्रशासनले जनाएको छ । आर्थिक वर्ष २०७९र८० सम्म क्याम्पसको ऋण करिब एक करोड रुपियाँ पुगेको छ ।

निमित्त क्याम्पस प्रमुख लक्ष्मण पोखरेलले आर्थिक अभाव समाधान नभए क्याम्पस सञ्चालनमा समस्या आउने बताउनुभयो । कोभिडका कारण क्याम्पसमा आर्थिक अभाव सुरु भएको थियो । सञ्चालक समितिले पहल गरे पनि परिणाम आई नसकेकाले जिल्लाकै एक मात्र सामुदायिक क्याम्पस सञ्चालनका लागि स्थानीय तह, प्रदेश र केन्द्र सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । क्याम्पसमा स्नातक र स्नातकोत्तर तहको अध्यापन हुँदै आएको छ । हाल ८८७ जना विद्यार्थी अध्ययनरत छन् ।

क्याम्पसको आर्थिक प्रशासन शाखाका अनुसार एक जना विद्यार्थीबाट एक वर्षमा औसतमा कम्तीमा १५ हजार रुपियाँ लिइन्छ । जस अनुसार वर्षमा एक करोड ३३ लाख रुपियाँ आम्दानी हुन्छ तर व्यवस्थापनको लापरबाहीका कारण क्याम्पस ऋणमा छ । प्राध्यापकहरूले तलब पाएका छैनन् ।

पछिल्लो समय क्याम्पस छाड्ने विद्यार्थीको सङ्ख्या बढेको छ । कुल विद्यार्थीमा जम्मा पाँच प्रतिशत छात्र छन् भने बाँकी सबै छात्रा छन् । विद्यार्थी सङ्ख्या क्रमशः घट्दै गएको र भर्ना भएका विद्यार्थी नियमित नभएकाले समस्या भएको सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद खनाल मुस्कानले बताउनुभयो । त्रिभुवन विश्वविद्यालयको सर्त अनुसार कर्मचारी राख्नुपर्ने तर सहयोग कतैबाट नभएका कारणले पनि आर्थिक समस्या भएको उहाँको भनाइ छ । अध्यक्ष मुस्कानले भन्नुभयो, “विद्यार्थीबाहेक अन्य आयस्रोत छैन, पालिकास्तरमै कलेजहरू खुलेपछि विद्यार्थी कम भए । अब यसलाई त्रिविको आङ्गिक क्याम्पस बनाउनु पर्छ, त्रिवि अनुदान आयोग र सरकारले ध्यान दिनु पर्छ । क्याम्पसमा प्राध्यापक र कर्मचारी गरी ३४ जना कार्यरत हुनुहुन्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय