LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सुर्खेत । नेकपा एमालेका जुम्ला जिल्ला कमिटी उपाध्यक्ष सुरतबहादुर शाहीमाथि बालयौन दुर्व्यवहारको आरोप लागेको छ । शाहीले तातोपानीकी एक किशोरीलाई यौन प्रस्ताव गरेको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

अडियोमा उनले किशोरीलाई फकाएको र प्रलोभनमा पारेको सुनिन्छ । उक्त विषय यतिबेला प्रहरी समक्ष पुगेको छ । शाहीविरुद्ध १७ वर्षीय किशोरीमाथि यौन दुर्व्यवहारको आरोपमा जाहेरी दर्ता भएको जुम्ला प्रहरीले जनाएको छ ।

मंगलबार दर्ता भएको जाहेरीका आधारमा बालबालिका विरुद्धको कसुरमा प्रहरीले आवश्यक कारबाही प्रारम्भ गरेको छ । पीडित किशोरीका बुबाले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ बमोजिम जाहेरी दिएका छन् ।

जिल्ला प्रहरी‌ कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दका अनुसार उक्त विषयबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय