LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

सैनामैना, असोज २४ ।

बुटवल १५ सेमलारमा रहेको नवरत्न माध्यमिक विद्यालयमा बुधबार एक कार्यक्रमका बीच कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेका छन ।

नवरत्न माध्यमिक बिध्यालयमा अध्ययनरत कक्षा १२ का छात्र दिपक बेल्वासेको सभापतित्वमा भएको उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद भुसालको प्रमुख आतिथ्यता र विद्यालयका प्रधानाध्यापक हेमराज आचार्य तथा सहायक प्रधानाध्यापक पुष्कर भट्टराईको विशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।

त्यस अवसरमा विद्यार्थीलाई स्वागत तथा शुभकामना दिदै विद्यालयका अध्यक्ष कृष्णप्रसाद भुसालले विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्दै शैक्षिक जगतमा नाम राख्न सफल भएकोले थप शैक्षिक विकास गरी विद्यालयको भविष्य उज्ज्वल बनाउन विद्यार्थीको मुख्य भूमिका रहने बताउनुभयो ।

बिद्यालयका प्रधानाध्यापक हेमराज आचार्यले बुटवलकै सबैभन्दा पुरानो यो विद्यालयले लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको र पछिल्लो समय उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा धेरै विद्यार्थी र अभिभावकको रोजाइमा पर्ने गरेको बताउनुभयो ।

विद्यालयका सहायक प्रधानाध्यापक पुष्कर भट्टराईले अनुशासित र लगनशील भएर शिक्षा हासील गर्नतर्फ उन्मुुख हुन विद्यार्थीहरुलाई आग्रह गर्दै विद्यालयको गरिमा अझ उच्च राख्न सबै विद्यार्थीले हरदम प्रयास गर्नुपर्ने बताउनु भयो ।

त्यस अवसरमा कक्षा ११÷१२ मा अध्यापनरत शिक्षकहरुको तर्फबाट भीमप्रसाद सापकोटाले शुभकामना मन्तव्य दिदै विद्यार्थीहरुलाई लगनशील भएर अध्ययन गरि अभिभावक एवम आफ्नो शैक्षिक सपना पूरा गर्न सिक्षकहरु सधै सहयोगी बन्ने धारणा राख्नुभएको थियो ।

विद्यार्थीहरुले विभिन्न साँस्कृतिक नृत्य प्रस्तुतीका साथै नवआगन्तुक बिद्यार्थीहरुलाई खादा, फूलको गुच्छा र अबिरले स्वागत गरिएको थियो । कार्यक्रममा कक्षा १२ कि खगिसरा खत्रीले स्वागत मन्तव्य राखेकी थिइन भने कक्षा ११ का नवराज ढकाल र रेनुकला भुसालले अनुभव मन्तव्य राखेका थिए । कार्यक्रम कक्षा १२ कै विधार्थी एलिना पोखरेल र युवराज मगरको संचालनमा सप्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय