LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

बुटवल । रुपन्देहीको बेलहिया नाकामा चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ । विजया दशमी, शुभ दीपावली र छठ पर्वलाई लक्षित गरेर नागरिकरयात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

पर्यटकसहित नेपालीलाई हुने अनावश्यक हैरानीरझण्झट तथा लुटिनुपर्ने बाध्यात्मक परिस्थितिबाट मुक्त गर्ने उद्देश्यले सहायकता कक्ष स्थापना गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायतको पहलमा सहायता कक्ष स्थापना गरिएको हो । सहायता कक्षमा चालक र सह(चालकको दैनिक रुपमा र यात्रु, पर्यटक सर्वसाधारणको आवश्यकताका आधारमा स्वास्थ्य परीक्षण गरिनेछ । चालक र सह(चालकको आँखाको भिजन, ज्वरो, रक्तचाप, मापसे र लापसे  लापरवाही गरे नगरेको परीक्षण हुनेछ । आश्यकताका आधारमा औषधि, माक्स, स्यानिटाइजर उपलब्ध गराइनेछ । बिरामी भेटिए अस्पताल पठाइनेछ । यससँगै ट्राफिक नियमबारे सचेत बनाइनेछ भने विभिन्न गन्तव्यसम्मको भाडादरबारे जानकारी गराइने उनले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले चाडपर्वको बेला बाह्य र आन्तरिक यात्रुको आवागमन सुरक्षित गर्नेरगराउने, सीमा क्षेत्र र आन्तरिक यात्रामा हुन सक्ने अवाञ्चित गतिविधिको नियन्त्रण गर्नेरगराउने, यात्रुहरुलाई गन्तव्यमा सुरक्षित रुपमा पुर्याउने जिम्मा लिएका चालक र सह(चालकको पेशाप्रतिको सम्मानको भावना जागृत गर्नेरगराउने, नागरिकको सुरक्षित यात्रा सुरक्षित गर्न जिल्ला सुरक्षा समिति, सुरक्षा निकाय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी समिति र सरोकारवालाहरुको जिम्मेवारी बोध गर्नेरगराउने नागरिकरयात्रु सहायता कक्ष स्थापना कार्यक्रमको उद्देश्य रहेको बताए ।

त्यस्तै चाडपर्वको सुरक्षार्थ लिइएका नीति, रणनीति, अरु बेला पनि कार्यान्यवन गर्नेरगराउने, रुपन्देहीको एकीकृत सहायता कक्षको नाम, काम र साखलाई अरु जिल्लामा पनि अनुकरण र अनुसरण गर्न लालायित बनाउने र सरोकारवालाहरुको समन्वय मजबुत बनाउने पनि कार्यक्रमको उद्देश्य रहेको अर्यालले बताए ।

बिहीबार यात्रु सहायता कक्ष स्थापना गर्दा चालकहरुलाई माला लगाइदिएर उद्घाटन गरियो । उनीहरुलाई सवारी चलाउँदा सावधानी अपनाउन र यात्रुलाई सम्मानपूर्वक व्यवहार गर्न समेत भनियो । सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खान, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० भरत बहादुर विक लगायतले चालकलाई माला लगाइदिएर यात्रु सहायता कक्षको उद्घाटन गरेका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिरसिंह बिष्टले यात्रु सहायता कक्षले चालकलाई पनि होसियारी अपनाउन सजग गराउने बताए । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलले सहायता कक्षमा वडा नम्बर १ को कार्यालयबाट २ जना स्वास्थ्य स्वयंसेविका खटाइएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय