LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

 

नबिन घिमिरे, सैनामैना ।
रुपन्देहीको सैनामैना वार्ड नं।३ का वडा सदस्य मिरा क्षेत्री र जमुना पुन सुनारको सक्रियतामा वडा स्तरीय आमा समुह गठन भएको छ । क्षेत्री र पुन सुनारको पहलमा वडाका हरेक टोलमा समेत आमा समुह गठन भएको छ ।

वडाका सवै टोलबाट छनौट भई आएका महिलाहरुको भेलाबाट रिना केसीकोे अध्यक्षतामा ११ सदस्य वार्ड स्तरीय आमा समुह विहिवार गठन भएको हो । जसको उपाध्यक्षमा कालिका शर्मा, सचिवमा कमला क्षेत्री, सह सचिवमा बसन्ता रेग्मी र कोषाध्यक्षमा रमा पौडेल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा ईश्वरा बेल्वासे, बिष्णु भण्डारी, शिव ज्ञवाली, सुमित्रा पौडेल, सुमित्रा खड्का र ललिता रोका चयन हुनुभएको छ ।

महिलाहरुलाई संगठित बनाई उनीहरुको सिप र क्षमताको बिकास गर्दै समाजमा सक्रिय भुमिकामा अगाडी बढाउने उद्धेश्यले वार्ड स्तरीय आमा समुह गठन गरिएको सैनामैना नगर कार्यपालिका सदस्य एवं जनप्रतिनिधि मिरा क्षेत्रीले बताउनु भयो । अबको महिलाहरुलाई स्रोत र साधन सहित अगाडी बढाउनु पर्ने समेत उहांको भनाई थियो ।

सैनामैना वार्ड नं। ३ का महिला सदस्य समेत रहेका क्षेत्री र आर्का जनप्रतिनिधि जमुना पुन सुनारको सक्रियतामा वार्डका सबै महिलाहरुलाई प्रतिनिधित्व गराउदै वार्ड स्तरीय आमा समुह गठन गरिएको हो । मिरा क्षेत्रीले हरेक टोल स्तरीय आमा समुह र वार्ड स्तरीय आमा समुहलाई दश हजारका दरले आर्थिक सहयोग गर्ने समेत जानकारी गराउनुभयो । विहीवार क्षेत्रीले वडा स्तरीय आमा समुहलाई दश हजार रकम हस्तान्तरण समेत गर्नुभायो । अन्य टोल स्तरीय आमा समुहलाई टोलमै पुगेर रकम हस्तान्तरण गर्ने उहाले जानकारी गराउनुभयोे ।

महिलाहरुलाई संगठित बनाएर उहाहरुको क्षमता बिकास गर्दै समाजिक काममा अग्रसर बनाउने उद्धेश्यले वार्ड स्तरीय आमा समुह गठन गर्नु सरानिय रहेको वार्ड न। ३ का वार्ड अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि तम बहादुर पुर्जाले बताउनु भयो । आफु सक्रिय भएर महिलाहरुलाई एकृत बनाई आर्थिक सहयोग समेत उपलब्द गराएर महिलाहरुलाई अगाडी बढाउने सोचका साथ आमा समुह गठन गरेर एक असल जनप्रतिनिधिको उदाहरण मिरा क्षेत्रीले देखाएको समेत अध्यक्ष पुर्जाको भनाई थियो ।

नव गठित आमा समुहका अध्यक्ष रिना केसीेले सबैको साथ र सल्लाह बमोजिम आफु अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा सैनामैना वार्ड नं ३ का वडा सदस्य जमुना पुन सुनार, कर्ण बहादुर कार्की, पत्रकार टिका खरेल, सुरेश परियार लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय