LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

भैरहवा
चेम्बर अफ कमर्श, रुपन्देही ९उद्योग व्यापार संगठन, रुपन्देही० को पहलमा भैरहवाका ७ वटा पसलमा ‘दशैं छुट अफर’ सुविधा पाइने भएको छ । महान पर्व दशैंलाई आइतबारदेखि लक्षित गर्दै सुरु गरिएको यो अफरमा सामान खरिद गर्दा छुट पाउन सकिने संगठनले जनाएको छ ।

बजारमा चहलपहल बढाउन र स्वदेशी बजारलाई प्रवद्र्धन गर्ने उद्देश्यले दशैंमा छुट अफर दिन व्यवसायीलाई आग्रह गरिएको संगठनका अध्यक्ष दर्पण श्रेष्ठले बताए । उनले भने, ‘स्थानीय बजारमै खरिद गर्न र स्थानीय उत्पादनलाई जोड दिनुपर्छ । आम समुदायको घरमा दशैं आउनुपर्छ हाम्रो सोच हो । ’ आम उपभोक्तालाई स्वदेशी बजारमा सामान किन्ने बानीको विकास गर्ने अभियान अनुसार यो छुट अफर प्रदान गरिएको श्रेष्ठले बताए ।

संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले अन्नपूर्ण स्टोर्स, प्राइम इलेक्ट्रोनिक्स, कालिका टे«ड स्टोर्स, गौतम टे«ड सप्लायर्स, साहु बस्त्रालय, अमन किराना पसल र शुभकामाख्या इन्टरप्राइजेजका ‘दशैं छुट अफर’ को सुविधा रहेको बताए । आइतबार ७ वटा पसलमा संगठनले छुट अफर सम्बन्धी ब्यानर टांगेको रोक्काले जानकारी दिए ।

संगठनका वाणिज्य उपाध्यक्ष तथा ‘दशैं छुट अफर’ का संयोजक राममिलन यादवले यो अफरले केही हदसम्म उपभोक्ताले छुटको सुविधा पाउने बताए । उनले यो कार्यक्रम सफल हुने विश्वास व्यक्त गरिन् । उनले भने, ‘दशैं छुट अफर दशै अवधिभर पाउन सकिनेछ ।’ संगठनकी महासचिव लक्ष्मी अधिकारीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय