LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

भैरहवा
चेम्बर अफ कमर्श, रुपन्देही ९उद्योग व्यापार संगठन, रुपन्देही० को पहलमा भैरहवाका ७ वटा पसलमा ‘दशैं छुट अफर’ सुविधा पाइने भएको छ । महान पर्व दशैंलाई आइतबारदेखि लक्षित गर्दै सुरु गरिएको यो अफरमा सामान खरिद गर्दा छुट पाउन सकिने संगठनले जनाएको छ ।

बजारमा चहलपहल बढाउन र स्वदेशी बजारलाई प्रवद्र्धन गर्ने उद्देश्यले दशैंमा छुट अफर दिन व्यवसायीलाई आग्रह गरिएको संगठनका अध्यक्ष दर्पण श्रेष्ठले बताए । उनले भने, ‘स्थानीय बजारमै खरिद गर्न र स्थानीय उत्पादनलाई जोड दिनुपर्छ । आम समुदायको घरमा दशैं आउनुपर्छ हाम्रो सोच हो । ’ आम उपभोक्तालाई स्वदेशी बजारमा सामान किन्ने बानीको विकास गर्ने अभियान अनुसार यो छुट अफर प्रदान गरिएको श्रेष्ठले बताए ।

संगठनका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले अन्नपूर्ण स्टोर्स, प्राइम इलेक्ट्रोनिक्स, कालिका टे«ड स्टोर्स, गौतम टे«ड सप्लायर्स, साहु बस्त्रालय, अमन किराना पसल र शुभकामाख्या इन्टरप्राइजेजका ‘दशैं छुट अफर’ को सुविधा रहेको बताए । आइतबार ७ वटा पसलमा संगठनले छुट अफर सम्बन्धी ब्यानर टांगेको रोक्काले जानकारी दिए ।

संगठनका वाणिज्य उपाध्यक्ष तथा ‘दशैं छुट अफर’ का संयोजक राममिलन यादवले यो अफरले केही हदसम्म उपभोक्ताले छुटको सुविधा पाउने बताए । उनले यो कार्यक्रम सफल हुने विश्वास व्यक्त गरिन् । उनले भने, ‘दशैं छुट अफर दशै अवधिभर पाउन सकिनेछ ।’ संगठनकी महासचिव लक्ष्मी अधिकारीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय