LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

काठमाडौँ, । नेपाल, युएई र हङकङ सहभागी त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खला बुधबार सुरु हुँदैछ । विश्वकप टी २० छनोटको तयारीअनुरूप हुन लागेको यस प्रतियोगितामा समर्थकले नेपालबाट उपाधि घटीको अपेक्षा गरेको छैन । नेपालले पहिलो खेलमा युएईसँग मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १ बजे खेलेर शृङ्खलाको सुरुवात गर्नेछ ।

नेपालले बिहीबार हङकङको सामना गर्नेछ । त्यसपछि नेपालले तेस्रो खेल शनिबार हङकङविरुद्ध र चौथो खेल सोमबार युएईविरुद्ध खेल्नेछ । एकले अर्कासँग दुई पटक खेलेपछि अङ्क तालिकामा शीर्ष दुई स्थानमा रहने टिमबिच कात्तिक १० गते फाइनल खेलिनेछ ।

नेपालका कप्तान रोहित पौडेलले रोहित पौडेलले विश्वकप टी २० छनोटको तयारी रूपमा युएई र हङकङजस्ता स्तरीय टिमसँग खेल्दा नेपाललाई फाइदा हुने भन्नुभयो । हामी लगातार क्रिकेट खेलिरहेका छौँ । अझ भारतको नागपुरका पनि हाम्रो अभ्यास राम्रो भएको छ । नागपुरमा राजस्थान रोयल्सको राम्रा टिमसँग प्रतिस्पर्धा गर्ने अवसर पायौँ । यसले टिमलाई धेरै राम्रो गरेको छ, कप्तान रोहितले भन्नुभयो ।

कप्तान रोहितले नेपालका स्टार स्पिनर सन्दीप लामिछाने टिममा नहुँदा भने केही प्रभाव पर्ने जानकारी दिनुभयो । सन्दीपले प्रतियोगितामा खेल्न आफू मानसिक रूपमा तयार नभएको र परिवारसँग समय बिताउन चाहेको भन्दै आफ्नो नाम फिर्ता लिनुभएको थियो ।

युएईका कप्तान मोहम्मद वासिमले यस पटक आफ्नो टिमले उत्कृष्ट प्रदर्शन गरेर शृङ्खला जित्ने बताउनुभयो । ‘नेपालमा खेल्नु अवसर हो । नेपालसँग घरेलु मैदानको फाइदा छ । नेपालले लगातार राम्रो क्रिकेट खेलिरहेको छ, तर हाम्रो तयारी पनि राम्रो छ । यसपटक हामी राम्रो खेलेर शृङ्खला जित्ने प्रयास गर्नेछौँ’ उहाँले भन्नुभयो ।

यसबिच नेपालका कप्तान रोहित र युएई का कप्तान वासिमले मङ्गलबार त्रिदेशीय शृङ्खलाको विजेतालाई प्रदान गरिने ट्रफी पनि सार्वजनिक गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय