LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

१ कार्तिक, कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिका वडा नं। ३ को झारगैरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। श्री शक्ती दुर्गा मन्दिर ब्यबस्थापन समितिको ब्यवस्थापन तथा नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाको आयोजनामा संचालन गरिएको रक्तदान र्काक्रममा ४३ जना रक्तदाताहरुले रक्तदान गरेका थिए।
रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले रक्तदान सैबभन्दा ठूलो र पुण्य दान भएको बताउनु भयो। कसैको जिवन बचाउनका लागि आफसंग भएको रगत दान गर्नु सामान्य दान वा कार्य नभएको उल्लेख गर्दै अध्यक्ष ढकालले कञ्चन गाउपालिका धेरै रक्तदाता भएको स्थानीय तह भएको र कञ्चनवासीलाई उपचारको क्रममा पैसाका कारण रगत पाउनबाट बञ्चित भई मृत्युको शैयामा पुग्न नपरोस भन्ने उद्धेश्यले नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखासंग निःशुल्क रगत उपलब्ध गराउन सम्झौता भएको समेत स्मरण गराउनु भयो।
यस्तै वडा नं। ३ का वडा अध्यक्ष टीकाराम सापकोटाले रक्तदानको महत्ववारे उल्लेख गर्दै हरेक ३(३ महिनामा खेर जाने रगत दान गर्नु रक्तदान गर्ने रक्तदातालाई पनि शारिरीक रुपमा स्वस्थता कायम हुने बताउनु भयो। रगतको कुनै मुल्य नहुने र जव आफु वा आफन्तलाई एक थोपा रगतको कारण मृत्यु र जिवनको दोसांधमा पुगेका जो कोहीले रक्तदानको महत्व र मुल्य थाहा हुने जनाउदै वडा अध्यक्ष साकपोटाले १८ बर्ष माथी पुगेका हरेक स्वस्थ ब्यक्तिले रक्तदान गर्नु पर्नेमा जोड दिनु भयो।
रक्तदान कार्यक्रममा लायन्स क्लव अफ कञ्चन, लायन्स क्लव अफ कञ्चन लेडी र लियो क्लव अफ कञ्चनको सहआयोजना तथा रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो।
नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाका सभापति गंगालाल पौडेलको सभापतित्व, उपसभापति हिमा बेलवासेको संचालन तथा कोषाध्यक्ष शसीधर सापकोटाको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो। रक्तदान कार्यक्रम श्री शक्ती दुर्गा मन्दिर परिसरमा भएको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय