LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

सैनामैना, कार्तिक १ । सैनामैना व्यापार संघको आयोजनामा मुर्गियामा बुधबारदेखि दसैं सस्तो पसल सञ्चालन गरिएको छ ।
दशैंका उपभोक्तालाई थोरै भएपनि राहत दिने उद्देश्यले दशैं सस्तो पसल सुरु गरिएको हो ।
सस्तो पसलको एक कार्यक्रमका बीच सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले उदघाटन गर्नुभयो ।
पूर्व पश्चिम लोकमार्ग किनारको खाली ठाउँमा दैनिक उपभोग्य वस्तुहरुको मूल्यसूचिसहित सुरु भएको सस्तो पसल तीन दिनसम्म सञ्चालन हुनेछ ।
व्यापार संघले सस्तो पसल शुभारम्भकै अवसरमा दसैं, तिहार लगायतका पर्वहरुको शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा र संस्थापक प्रमुख चित्रबहादुर कार्कीले दशैं बजार पसलले उपभोक्तालाई राहत दिने बताउँदै यस प्रकारको सस्तो पसल सञ्चालन गरेकोमा सैनामैना ब्यापार संघलाई धन्यवाद दिनुभएको थियो ।
व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलले उपभोक्तालाई केही भएपनि राहत दिने उद्देश्यले तीन दिने सस्तो बजारको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा सैनामैना नगरपालिकाकी उपप्रमुख तथा बजार अनुगमन समिति संयोजक बिना राना, सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खड्का, इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख प्रदीप पौडेल, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, राजनीतिक दलका नेताहरु, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तथा प्रतिनिधिले शुभकामना व्यक्त गर्नुभएको थियो ।
सस्तो पसलमा नुन, तेल, चिनी, मसला, साबुन, सरफ, दाललगायतका दैनिक उपभोग्य सामान राखिएको संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक देवीदत्त सुवेदीले बताउनुभयो ।
संघका प्रथम उपाध्यक्ष दीपेन्द्र ढकालले चाडपर्वको बेलामा किनमेल बढि हुने भएकोले उपभोक्तालाई दैनिक उपभोग्य वस्तुमा राहत दिन सस्तो पसल सञ्चालन गरिएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय