LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

लुम्बिनी, कार्तिक १ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नंं. ३ लंकापुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रभित्र अर्को नयाँ भवन बन्ने भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनको बुधवार एक समारोहका बीच लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन खान र वडा नं. ३ का वडा सदस्य अहमद खानले शिलान्यास गर्नुभयो ।
त्यस अवसरमा बोल्दै नगर प्रमुख सजरुद्दीन खानले प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवन निर्माण सम्पन्न भएपछि लुम्बिनी क्षेत्रका गर्भवती महिलाहरुले ठूलो सुविधा पाउने बताउनु भयो ।
उहाँले प्रसुतीकै लागि लुम्बिनी क्षेत्रबाट बुटवल तथा भैरहवा पुग्नुपर्ने बाध्यताको अन्त्य हुने भन्दै प्राथमिक स्वास्थ्य केन्द्रले यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने बताउनु भयो ।
८२ लाख रुपैयाको लगानीमा तीन महिनाभित्र बन्ने प्राथमिक स्वास्थ्य केन्द्र १५ बेडको हुनेछ ।
कांग्रेसका युवा नेता राजन उपाध्यायले लुम्बिनी क्षेत्रका गर्भवती महिलाहरु प्रसब बेदनाकै कारण जोखिम मोलेर बुटवल र भैरहवासम्म उपचारका लागि जानुपर्ने बाध्यता रहेको अवस्थामा स्वास्थ्य केन्द्रको नयाँ भवन निर्माणले महिलाहरुको स्वास्थ्यमा ठूलो परिवर्तन आउने बताउनु भयो ।
उहाँले संघीय सरकारको पहलमा लुम्बिनीमा बन्ने अर्को नयाँ अस्पतालले लुम्बिनीको कायापलट गर्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नं. ३ का वडा सदस्य अहमद खानले नयाँ भवनबाट यस क्षेत्रका गर्भवतीसंगै अरु धेरै महिलाहरुले उपचार सेवा सहजरुपमा पाउने उल्लेख गर्नुभयो । लुम्बिनी सांस्कृतिक नगरपालिकाको लगानीमा निर्माण हुने प्राथमिक स्वास्थ्य केन्द्रमा डेलीभरीका साथै दक्ष चिकित्सकको साथमा अन्य उपचारको सेवा समेत उपलब्ध हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय