LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

लुम्बिनी, कार्तिक १ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नंं. ३ लंकापुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रभित्र अर्को नयाँ भवन बन्ने भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनको बुधवार एक समारोहका बीच लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन खान र वडा नं. ३ का वडा सदस्य अहमद खानले शिलान्यास गर्नुभयो ।
त्यस अवसरमा बोल्दै नगर प्रमुख सजरुद्दीन खानले प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवन निर्माण सम्पन्न भएपछि लुम्बिनी क्षेत्रका गर्भवती महिलाहरुले ठूलो सुविधा पाउने बताउनु भयो ।
उहाँले प्रसुतीकै लागि लुम्बिनी क्षेत्रबाट बुटवल तथा भैरहवा पुग्नुपर्ने बाध्यताको अन्त्य हुने भन्दै प्राथमिक स्वास्थ्य केन्द्रले यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने बताउनु भयो ।
८२ लाख रुपैयाको लगानीमा तीन महिनाभित्र बन्ने प्राथमिक स्वास्थ्य केन्द्र १५ बेडको हुनेछ ।
कांग्रेसका युवा नेता राजन उपाध्यायले लुम्बिनी क्षेत्रका गर्भवती महिलाहरु प्रसब बेदनाकै कारण जोखिम मोलेर बुटवल र भैरहवासम्म उपचारका लागि जानुपर्ने बाध्यता रहेको अवस्थामा स्वास्थ्य केन्द्रको नयाँ भवन निर्माणले महिलाहरुको स्वास्थ्यमा ठूलो परिवर्तन आउने बताउनु भयो ।
उहाँले संघीय सरकारको पहलमा लुम्बिनीमा बन्ने अर्को नयाँ अस्पतालले लुम्बिनीको कायापलट गर्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा वडा नं. ३ का वडा सदस्य अहमद खानले नयाँ भवनबाट यस क्षेत्रका गर्भवतीसंगै अरु धेरै महिलाहरुले उपचार सेवा सहजरुपमा पाउने उल्लेख गर्नुभयो । लुम्बिनी सांस्कृतिक नगरपालिकाको लगानीमा निर्माण हुने प्राथमिक स्वास्थ्य केन्द्रमा डेलीभरीका साथै दक्ष चिकित्सकको साथमा अन्य उपचारको सेवा समेत उपलब्ध हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय