LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

विराटनगर, कार्तिक १ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट बुधबार विश्वासको मत प्राप्त गर्नुभएको छ ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम ४७ जना सांसदको समर्थनबाट शनिबार मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) पार्टी र जनता समाजवादी पार्टीको समर्थनसहित विश्वासको मत पाउनुभएको हो ।
मुख्यमन्त्रीले प्रदेश सभामा प्रस्तुत गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ८६ र विपक्षमा पाँच मत परेको थियो । मुख्यमन्त्री कार्कीको प्रस्तावको विपक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच जना सांसदले मतदान गर्नुभयो । बुधबारको बैठकमा उपसभामुख बाहेक ९१ सांसद उपस्थित हुनुहुन्थ्यो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद अनुपस्थित रहनुभएको थियो ।
बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्नुहुँदै मुख्यमन्त्री कार्कीले प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोकेर स्थिर सरकार बनाउन नयाँ परिस्थितिबाट मुख्यमन्त्री बन्नुपरेको बताउनुभयो । विकास र सुशासनसहित प्रदेशमा स्थिर सरकार दिनका लागि सबै दलहरुका सांसदहरुबाट आफूले विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विपक्षमा मतदान गर्ने र गुणदोषका आधारमा समर्थन र विरोध गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको धारणाप्रति टिप्पणी गर्नुहुँदै मुख्यमन्त्री कार्कीले विश्वासको मत दिएर पनि प्रतिपक्षमा रहन सकिने भएकोले विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।
बैठकमा बोल्नुहुँदै नेपाली काँग्रेसका निवर्तमान संसदीय दलका नेता उद्धव थापाले पार्टीमा विद्रोह गरेर, पार्टी निर्णयविपरीत अगाडि बढेर भएपनि नेता केदार कार्की मुख्यमन्त्री नियुक्त भइसकेपछि काँग्रेसका आठ सांसदसँग गला मिलाएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय