LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

विराटनगर, कार्तिक १ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट बुधबार विश्वासको मत प्राप्त गर्नुभएको छ ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम ४७ जना सांसदको समर्थनबाट शनिबार मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) पार्टी र जनता समाजवादी पार्टीको समर्थनसहित विश्वासको मत पाउनुभएको हो ।
मुख्यमन्त्रीले प्रदेश सभामा प्रस्तुत गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ८६ र विपक्षमा पाँच मत परेको थियो । मुख्यमन्त्री कार्कीको प्रस्तावको विपक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच जना सांसदले मतदान गर्नुभयो । बुधबारको बैठकमा उपसभामुख बाहेक ९१ सांसद उपस्थित हुनुहुन्थ्यो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद अनुपस्थित रहनुभएको थियो ।
बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्नुहुँदै मुख्यमन्त्री कार्कीले प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोकेर स्थिर सरकार बनाउन नयाँ परिस्थितिबाट मुख्यमन्त्री बन्नुपरेको बताउनुभयो । विकास र सुशासनसहित प्रदेशमा स्थिर सरकार दिनका लागि सबै दलहरुका सांसदहरुबाट आफूले विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विपक्षमा मतदान गर्ने र गुणदोषका आधारमा समर्थन र विरोध गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको धारणाप्रति टिप्पणी गर्नुहुँदै मुख्यमन्त्री कार्कीले विश्वासको मत दिएर पनि प्रतिपक्षमा रहन सकिने भएकोले विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।
बैठकमा बोल्नुहुँदै नेपाली काँग्रेसका निवर्तमान संसदीय दलका नेता उद्धव थापाले पार्टीमा विद्रोह गरेर, पार्टी निर्णयविपरीत अगाडि बढेर भएपनि नेता केदार कार्की मुख्यमन्त्री नियुक्त भइसकेपछि काँग्रेसका आठ सांसदसँग गला मिलाएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय