LIVE
स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

इजरायल, कार्तिक १ । गाजा क्षेत्रको एक अस्पतालमा भएको रकेट आक्रमणमा ५ सय जनाको ज्यान गएको अनुमान गरिएको छ । गाजाको स्वास्थ्य विभागले इजरायली आक्रमणमा परेर अल– अहली अरब अस्पतालमा रहेका झण्डै ५ सय जनाको ज्यान गएको दाबी गरेको हो । तर, इजरायलले यो दाबीको खण्डन गरेको छ ।
अस्पतालमा आफूले आक्रमण नगरेको बताएको इजरायलले हमासलाई आरोप लगाएको छ । हमासले प्रहार गरेको रकेट असफल हुँदा अस्पतालमा विस्फोट भएको इजरायलले दाबी गरेको बीबीसीले जनाएको छ । हमासले यो घटनालाई युद्ध अपराध भनेको छ ।
यो अस्पतालमा सयौँ बिरामी, घाइते र विस्थापितहरु बस्दै आएका थिए । विस्फोट पछि उनिहरुमध्ये सयौँ व्यक्ति अस्पतालको भग्नावशेषमा पुरिएका जनाइएको छ । अस्पतालका अनुसार त्यहाँ झण्डै चार हजार जनाले शरण लिएका थिए ।
प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले यो आक्रमण इजरायलले गरेको पुष्टि भए सन् २००८ पछिकै सबै भन्दा घातक आक्रमण हुने जनाएको छ । विश्व स्वास्थ्य संगठनले अस्पतालमा भएको आक्रमणको भत्सर्ना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय