LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

रुपन्देही । आफैबाट रुपान्तरण जरुरी भन्दै विशेष रुपान्तरण अभियान थालेको माओवादी केन्द्रले बिहीवार सैनामैना नगरपालिका वडा नं। १ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालय क्षेत्रमा सरसफाइ अभियान सम्पन्न गरेको छ ।

माओवादी लुम्विनि प्रदेशका अध्यक्ष सुर्दशन बरालको नेतृत्वमा रहेको उक्त क्षेत्रमा पदमपाणी योग तथा प्राकृतिक चिकित्सालय क्षेत्रमा करिब ३ घण्टा सरसफाइ अभियान सम्पन्न भएको पार्टीका वडा अध्यक्ष नारायण पाण्डेले बताए ।

अध्यक्ष सुर्दशन बरालले बिहान ७ बजे सरसफाई अभियानको उद्घाटन गरेका थिए । अभियानबारे स्पष्ट पार्दै अध्यक्ष बरालले जनतासँग रुपान्तरण हुनु भनेको जनताका समस्या र सरोकारका विषयमा जोडिएर मात्र सम्भव हुने बताए ।

‘जनताले माओवादी बिगे्र पनि फेरि सच्चिन्छौं भनेर आएपछि हामीले साथ दिनुपर्छ भनेका छन्, तर हामी जनभावना अनुसार रुपान्तरण हुनैपर्छ’, उनले भने, ‘पटक–पटक जनताले विश्वास गदैनन् । यसपल्टको अभियानबाट हामी सच्चिन्छौं भन्नेमा व्यवहारबाटै विश्वस्त पार्नु हाम्रो कर्तव्य हो ।’

 

 

यस्तै सैनामैना नगरका अध्यक्ष मान बहादुर महत नारायण  ले जनसरोकारका विषय उठाएर मात्र रुपान्तरण सम्भव भएकाले जनताका पिरमर्का र मुद्धाका लागि संघर्षशील हुनु नै वास्तविक रुपान्तरण हुने बताए ।

अभियानमा प्रदेश सचिवालय सदस्यहरू, उद्यमी व्यवसायी, पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयका पदाधिकारी, बुद्धिजिवी, पार्टी सदस्य र स्थानीयको समेत सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय