LIVE
एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षनै रास्वपा  प्रवेश | लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् पुनर्गठनका लागि सिफारिस | स्थापना दिवसको अवसरमा कपिलवस्तुमा फोटोवाक कार्यक्रम | सालझन्डीमा गुणस्तरीय सेवा सहित पाहुना घर सञ्चालनमा | एकला पहाडमा फोहोर व्यवस्थापन केन्द्र वनाउन रुख हटाउने सम्झौतामा हस्ताक्षर | दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गते सम्म सञ्चालन हुने | सैनामैनामा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न १ करोड ६० लाख बराबरको आईसिटी सामग्री वितरण | रुपन्देहीमा १० लाख बढी मूल्य बराबको अवैध सामान बरामद | बुटवलमा नौंवटा कम्पनीका नौंसय ग्यास वितरण | मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने |

सैनामैना । सैनामैना नगरपालिका वडा नं। ५ मा “सफा पानी पिऊँ, निरोगी बनौं” भन्ने मुल नारा सहित बुद्धनगर खानेपानी तथा उपभोक्ता समितिले सरसफाई सामाग्री वितरण र विजयादशमी तथा शुभ दिपावलीको शुभकामना अदान – प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुभकामना आदान प्रदान कार्यक्रमा बोल्दै प्रमुख अतिथी सैनामैना नगरपालिका वडा नं। ५ का अध्यक्ष धन प्रसाद पौडेलले भने बुद्धनगर खानेपानि तथा उपभोक्ता समितिले छोटो समयमै निकै उत्कृष्ट काम गरेको बताउदै मुक्तकण्ठले प्रसंसा गरे । खानेपानीको काहाली लाग्दो बिगतका बारेका पनि जानकारी गराएका थिए ।
यसै गरी संस्थाका सल्लाहकार जिवनाथ पाण्डे, दुर्गा भण्डारी, भिम सुवेदी लगायतले संस्थाको उत्तरउत्तर प्रगतीको कामना गर्दै चाडपर्वको शुभकामना व्यक्त गरेका थिए ।

सोहि अवसरमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष रामप्रसाद भुसालले सरसफाई सामाग्री हस्तान्तरण गरेका थिए ।अध्यक्ष भुसालले सरसफाई सामाग्री हस्तान्तरण गर्दै व्यक्ति र घर मात्र सफा भएर नहुने भन्दै टोल र बाटो तथा पार्कहरु पनि सफा राख्नुपर्ने सबैको जिम्मेवारी रहेकोले खानेपानी कार्यालयले सबैलाई जिम्मेवार वनाउन सरसफाई सामाग्री वितरण गरेको वताए ।

कार्यक्रममा संस्थाका सचिव तल्सीश्वर कडेंलको सञ्चालन तथा संस्थाका कोषाअध्यक्ष विश्वमणी घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय