सैनामैना
सैनामैना नगरपालिका वडा नं. ९ बाँँसगढीमा आजभन्दा ७९ बर्षअघि स्थापना भएको दुर्गा मन्दिरले अव नयाँ स्वरुप पाउने भएको छ । स्थानीय जनताले देवी भागवत् संगितमय कथा प्रवचन आयोजना गरेर मन्दिरको स्वरुप परिवर्तन गर्ने अभियान थालेका छन ।
मन्दिर व्यवस्थापन समितिले वैदिक सनातन हिन्दू धर्मको रक्षा गर्न, कला, संस्कृति, भजन र किर्तनहरूको जगेर्ना गर्न र नयाँ पुस्तालाई कला संस्कृति जानकारी गराउने उद्देश्यले देवीभागवत् संगितमय कथा प्रवचन गरिएको जनाएको छ । मन्दिर धेरै पुरानो भएकोले मन्दिरको जीर्णोद्धार जरुरी रहेकोले प्रवचनकै माध्यमबाट संकलन हुने आर्थिक सहयोगले मन्दिर पुनर्निर्माणमा सहयोग पुग्ने भएको हो ।
मन्दिरमा यही असोज २८ गते देखि कार्तिक ६ गतेसम्म देवीभागवत संगीतमय कथा प्रवचन भैरहेको हो ।
अहिलेसम्म नवदुर्गाको अवसरमा खरको झपडीमै देवीको स्थापना गरि देवीको बाहन बाघ समेत स्थापना गरि पुजा आजा गर्ने कार्य हुँँदै आएको थियो ।
यज्ञबाट बचेको पैसाले दुर्गा मन्दिरको सानो स्वरुपलाई ठूलो आकार दिन थालिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
समितिले व्यवस्थित सभा हल सहित मन्दिर निर्माण गर्ने योजना अनुसार कथा प्रवचन गरिएको जनाएको छ ।
दुर्गा मन्दिरलाई रूपन्देहीकै राम्रो र सुविधायुक्त सभाहल बनाएर सामाजिक कार्य जस्तै विवाह, ब्रतवन्ध, पुजाआजा लगायत अन्य कार्यहरू गर्न सकिने गरि निर्माणको तयारी गरिएको हो ।
मन्दिर समितिले विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना दिदै यज्ञमा आएर अनन्य पुण्य आर्जन गर्न अनुरोध गरेको छ ।







