LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

दाङ – दाङमा दशैँको अवधिमा छ सय भन्दा धेरै गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । गएको असोज २८ गतेदेखि कात्तिक ८ गतेसम्ममा ६ सय ७९ वटा गाडी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरण प्रकाश मल्लले जानकारी दिनुभयो ।

प्रमुख मल्लका अनुसार ६ सय ७९ वटा गाडी कारबाहीबाट ५ लाख १३ हजार ५ सय रुपैँया राजस्व सङ्कलन भएको छ । दशैँको अवधिमा जिल्लामा झण्डै दैनिक ८५ वटा गाडी कारबाहीमा परेको प्रहरीले जनाएको छ । कारबाहीमा पर्नेमा सबैभन्दा मोटरसाइकल रहेका छन् । दशैँमा मात्रै २ सय ७७ वटा मोटरसाइकल कारबाहीमा परेका छन् । जसबाट दुई लाख १४ हजार ५ सय रुपैँया राजस्व सङ्कलन भएको छ । हेलमेट नलगाउने, लाइसेन्स नबोक्ने, दुई जना भन्दा धेरै बोकेर मोटसाइकल चलाउनेहरु कारबाहीमा परेको प्रमुख मल्लले जानकारी दिनुभयो ।

मोटरसाइकल पछि कारबाहीमा पर्नेमा जिप तथा कार रहेको छ । यसैक्रममा ट्राफिक नियम विपरीत गाडी चलाउने एक सय २ जना चालकलाई कारबाही गरिएको छ । जसबाट ८५ हजार ५ सय रुपैँया राजस्व सङ्कलन भएको छ । त्यस्तै एक सय ९ वटा अटोरिक्सा कारबाहीबाट ७४ हजार ५ सय रुपैँया, ८७ वटा ट्रकबाट ६२ हजार ५ सय, ६७ वटा बसबाट ५० हजार ५ सय र ३७ वटा ट्रयाक्टरबाट २६ हजार रुपैँया राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेटस् कात्तिक १०, २०८०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय