LIVE
पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न |

डि यन के खनाल
– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले न्युजिल्यान्डमाथि रोमाञ्चक जित निकालेको छ । अस्ट्रेलियाले न्युजिल्यान्डलाई ५ रनले हरायो ।

अस्ट्रेलियाले दिएको ३ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ८३ रन बनायो । न्युजिल्यान्डका रचिन रविन्द्रले शतक बनाए । उनी ८९ बलमा १ सय १६ रन बनाएर आउट भए । यस्तै जेम्स नीशमले ५८ र ड्यारेल मिचेलले ५४ रन जोडे । बलिङतर्फ अस्ट्रेलियाका एडम जम्पाले ३ तथा जोश हेजलवूड र कप्तान प्याट कमिन्सले समान २ विकेट लिए ।

यसअघि धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलिया ४९ ओभर २ बलमा ३ सय ८८ रनमा अलआउट भयो । अस्ट्रेलियाका ट्राभिस हेडले विश्वकपको डेब्युमा शतक बनाए । उनी ६७ बलमा १ सय ९ रन बनाएर आउट भए । यस्तै डेभिड वार्नरले ८१, ग्लेन म्याक्सवेलले ४१, जोश इङ्लिसले ३८ र कप्तान प्याट कमिन्सले ३७ रन जोडे । बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र ग्लेन फिलिप्सले समान ३ तथा मिचेल स्यान्टनरले २ विकेट लिए ।

यो जितसँगै अस्ट्रेलियाले ६ खेलमा ८ अङ्क जोडेको छ । अस्ट्रेलिया तालिकाको चौथो स्थानमा छ भने न्युजिल्यान्ड उति नै खेलमा ८ अङ्कसहित नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ ।

न्युजिल्यान्डमाथि अस्ट्रेलियाको रोमाञ्चक जित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय