डि यन के खनाल
कार्तिक १२ गते
अर्घाखाँचीको छत्रदेव गाउँपालिका ४ धरम्पानीमा मालिका देवी भगवतीको मन्दिर निर्माण सम्पन्न भएको छ ।
मन्दिर निर्माण सम्पन्न भएपछि निर्माणमा सहयोग गर्ने सहयोगी दाताहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ । सम्मानसंगै बडादशै शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको थियो ।
मन्दिर निर्माण समितिका अध्यक्ष नित्यानन्द पाण्डेको अध्यक्षतामा भएको सम्मान कार्यक्रमको प्रमुख अतिथी त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक तथा लुम्बिनी इञ्जिनियरिङ कलेजका प्राध्यापक तथा संचालक एवं सामाजिक ब्यक्तित्व डाक्टर खिमानन्द पाण्डे हुनुहुन्थ्यो । उहाँले मन्दिर निर्माणका लागि ५१ हजार १ सय ११ रुपैया प्रदान गर्नुभएको थियो । त्यसैगरी समाजसेवी नारायणप्रसाद पाण्डेले बीस हजार दुई रुपैया सहयोग गर्नुभएको छ । सम्मान कार्यक्रममा विशिष्ट अतिथिको रुपमा छत्रदेव ४ का वडा अध्यक्ष भीमलाल खनाल, अतिथीहरु नारायण खनाल, वडा सदस्य प्रकाश बञ्जाडे, समाजसेवी मित्रमणि पाण्डे, नारायण पाण्डे, ठाकुरप्रसाद पुलामी, रेवतीराम पन्त, कृष्ण पन्थी र शोभाखर पाण्डे लगायत हुनुहुन्थ्यो ।
आर्थिक संकलन संयोजक तुलसीराम पाण्डेले स्वागत गर्नुभएको कार्यक्रमको संचालन बुद्धिराम पन्थीले गर्नुभएको थियो । कार्यक्रममा जयमालिका युवा समूह र शिवजी महिला आमा समूहको सकृय सहभागिता रहेको थियो । त्यस अवसरमा मन्दिर निर्माणका लागि सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको थियो ।








