LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

 

१३ कात्तिक, काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटका लागि कीर्तिपुरमा जारी प्रतिस्पर्धामा सिंगापुरविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । ओपनर कुशल भुर्तेल र आसिफ शेखले ८४ रनको साझेदारी गरे ।

नेपालले १४६ रनको विजय लक्ष्य पछ्याइरहेको छ । यसअघि टस जितेर ब्याटिङ थालेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो ।

सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए । आर्यविर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए । अक्षय पुरी १३ रनमा नटआउट रहे । अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिए । यसैगरी सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई(दुई विकेट लिए ।

क्गशगपष् म्बकजबष्ल इााभच

त्रिवि क्रिकेट मैदानमा उल्लेख्य संख्यामा दर्शकहरु उपस्थित छन् । उनीहरु राष्ट्रिय झण्डा बोकेर नेपाली क्रिकेटरहरुको हौसला बढाइरहेका छन् ।

यसअघि कानुनमन्त्री धनराज गुरुङले एम्पायरहरुलाई बल हस्तान्तरण गरेर खेलको सुरुवात गरेका थिए ।

एसिया छनोटमा एसियाका आठ देश सहभागी छन् । चाररचार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी(२० विश्वकपमा छनोट हुने छन् ।

आयोजक नेपाल समूह ‘ए’मा रहेको छ । यो समूहमा ओमान, मलेसिया र सिंगापुर रहेका छन् । समूह ‘बी’मा यूएई, बहराइन, कुबेत र हङकङ छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय