LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

,कात्तिक १३ गते

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकालाई स्वच्छ र हरावरा नगर बनाउन संघन रुपमा सरसफाई अभियान सुरु गरिएको छ ।नगरप्रमुख सजरुद्धीन मुसलमानको नेतृत्वमा उपप्रमुख कल्पना हरिजन सहित नगरपालिकाकालुम्बिनी विकास कोष,युएनडिपी नेपाल,स्थानीय संघसंस्थाको सहकार्यमा आज देखि लुम्बिनीमा सरसफाई अभियान सुरु भएको हो ।

सरसफाईको पहिलो दिनमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.१० अन्र्तगत गेट न.४ र ५ सरसफाई गरिएको हो ।प्रत्येक हप्ताको सोमबार सरसफाई गरिने नगरपालिकाले जनाएको छ ।

सो अभियानमा सरिक हुँदै नगरप्रमुख सजरुद्धीन मुसलमानले नगरलाई स्वच्छ र वातावरण अनुकुल बनाउन चाहेको बताएका छन् । घरायसी अथवा विभिन्न क्रियाकलापबाट निस्केका फोहोरलाई समुचित रुपमा व्यवस्थापन गर्न आग्रह गर्दै आफनो गाउँ,आफै सफा राखौँ भन्ने अभियानलाई आत्मसाथ गर्नुपर्ने मेयर सजरुद्धीनले उल्लेख गरे । फोहोरमैला व्यवस्थापनलाई दिगो रुपमा समाधान गर्नका लागी प्रयास थालनी भैसेकेको समेत बताउदै यो अभियानमा साथ दिन सबैलाई आग्रह गरेका छन् ।

आफु संगै संगै टोल सफा राख्नु आजको आवश्यकता रहेको उपमेयर कल्पना हरिजनले बताईन् । फोहोरले विभिन्न रोग निम्ताउने बताउदै उपमेयर हरिजनले यसको सफाईमा मानव जिवन बढि संवेदनशिल बन्नुपर्ने कुरा दर्साईन् । नगरमा सरसफाई अभियान निरन्तर चलिरहने समेत उल्लेख गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय