LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

,कात्तिक १३ गते

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकालाई स्वच्छ र हरावरा नगर बनाउन संघन रुपमा सरसफाई अभियान सुरु गरिएको छ ।नगरप्रमुख सजरुद्धीन मुसलमानको नेतृत्वमा उपप्रमुख कल्पना हरिजन सहित नगरपालिकाकालुम्बिनी विकास कोष,युएनडिपी नेपाल,स्थानीय संघसंस्थाको सहकार्यमा आज देखि लुम्बिनीमा सरसफाई अभियान सुरु भएको हो ।

सरसफाईको पहिलो दिनमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.१० अन्र्तगत गेट न.४ र ५ सरसफाई गरिएको हो ।प्रत्येक हप्ताको सोमबार सरसफाई गरिने नगरपालिकाले जनाएको छ ।

सो अभियानमा सरिक हुँदै नगरप्रमुख सजरुद्धीन मुसलमानले नगरलाई स्वच्छ र वातावरण अनुकुल बनाउन चाहेको बताएका छन् । घरायसी अथवा विभिन्न क्रियाकलापबाट निस्केका फोहोरलाई समुचित रुपमा व्यवस्थापन गर्न आग्रह गर्दै आफनो गाउँ,आफै सफा राखौँ भन्ने अभियानलाई आत्मसाथ गर्नुपर्ने मेयर सजरुद्धीनले उल्लेख गरे । फोहोरमैला व्यवस्थापनलाई दिगो रुपमा समाधान गर्नका लागी प्रयास थालनी भैसेकेको समेत बताउदै यो अभियानमा साथ दिन सबैलाई आग्रह गरेका छन् ।

आफु संगै संगै टोल सफा राख्नु आजको आवश्यकता रहेको उपमेयर कल्पना हरिजनले बताईन् । फोहोरले विभिन्न रोग निम्ताउने बताउदै उपमेयर हरिजनले यसको सफाईमा मानव जिवन बढि संवेदनशिल बन्नुपर्ने कुरा दर्साईन् । नगरमा सरसफाई अभियान निरन्तर चलिरहने समेत उल्लेख गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय