LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नबिन घिमिरे
कार्तिक १३ गते
रुपन्देहीको कञ्चन गाउँपालिकालाई छिटोभन्दा छिटो सुकुम्बासी मुक्त पालिका घोषणा गरिने भएको छ । रुपन्देहीको कञ्चन गाउँपालिकामा सोमबार राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कञ्चन गाउँपालिकाका जनप्रतिनिधिहरुबीच कञ्चन गाउँपालिकाको सभाहलमा भएको अन्तरक्रियात्मक कार्यक्रममा उक्त प्रतिवद्धता ब्यक्त गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय भूमि आयोगका केन्द्रिय उपाध्यक्ष तथा प्रवक्ता नहेन्द्र खडकाले कञ्चन गाउँपालिकालाई छिटै नै सुकुम्वासी मुक्त घोषणा गरिने प्रतिवद्धता जनाउनु भयो । उहाँले आयोगको म्याद अझै एक बर्ष रहेपनि गठबन्धन सरकार तीन बर्ष यथावत रहने, आयोगले काम गर्ने र अहिलेकै जनप्रतिनिधिहरुकै नेतृत्वमा लालपुर्जा दिइन्छ, कञ्चनलाई सुकुम्वासी मुक्त बनाईन्छ भन्नुभयो ।

राष्ट्रिय भूमि आयोगका प्रवक्ता समेत रहनु भएका खडकाले कञ्चन गाउँपालिकाका जनप्रतिनिधिहरु कञ्चनका सुकुम्बासी परिवारलाई छिटोभन्दा छिटो लालपुर्जा वितरण गर्न अत्यन्त सकृयतासाथ लागेको आफूले पाएको बताउँदै पहिलो चरणमा ५ हजार लालपुर्जा वितरण गर्ने काम छिटै हुने विश्वास दिलाउनु भयो । बर्तमान गठबन्धन सरकारकै पालामा र कञ्चनका अहिलेकै जनप्रतिनिधिकै नेतृत्वमा कञ्चनका सुकुम्वासीले लालपुर्जा पाउने भए भनेर केही ब्यक्ति अत्तालिएको र लालपुर्जा वितरण रोक्न सकिन्छ कि भनेर अख्तियारसम्म पुगेको बताउँदै उहाँले अव कञ्चनका सुकुम्वासीले लालपुर्जा पाउने कुरा कसैले रोक्न नसक्नेमा प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चन गाउँपालिका सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने काममा ७ सय ५३ पालिकामध्ये सवैभन्दा अगाडी रहेको बताउँदै सवैको सहयोग र समन्वयले लालपुर्जा वितरणको अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले परामर्श सेवामार्फत काम गर्दा धेरै छिटो र छरिता भएको उल्लेख गर्दै कसैलाई आशंका लाग्छ भने आएर हेर्न चुनौति दिनुभयो । अध्यक्ष ढकालले कञ्चनका जनप्रतिनिधिहरु आर्थिक प्रलोभनबाट मुक्त भएर कामलाई अघि बढाएको दावी गर्नुभयो ।

त्यसैगरि कार्यक्रममा नेकपा एमाले कञ्चन गाउँपालिकाका अध्यक्ष दिनानाथ शर्माले कञ्चनका सुकुम्वासी र अव्यवस्थित बसोबासीले लालपुर्जा पाउने कुरा सवैभन्दा महत्वपूर्ण रहेकोले आफूहरुले पालिकालाई सहयोग नै गरेको बताउँदै पालिकाभित्र कति सुकुम्वासी छन र कति अव्यवस्थित बसोबासी छन, तिनीहरुले पुर्जा पाउने अवस्थामा पालिका र आयोगले छिटो काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा कञ्चनका सवै राजनैतिक दल, नागरिक समाज, समाजसेवी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थिया । त्यस अवसरमा बोल्नेहरुले पुर्जाको राजस्व बढी भएकोले त्यसमा पुनरावलोकन गर्न माग गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय