LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

दिनेश खनाल १३ कात्तिक, । विश्वकप क्रिकेटमा अफगानिस्तानले श्रीलंकामाथि ७ विकेटको महत्वपूर्ण जित हात पारेको छ । ६ खेलमा तेस्रो जितसँगै अफगानिस्तानले सेमिफाइलमा पुग्ने सम्भावना जिवितै राखेको छ ।

जितका लागि श्रीलंकाले दिएको २४२ रनको लक्ष्य ४५।२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । पहिलो विकेट भने खाता नखोल्दै गुमाएको थियो । रहमानुल्लाह गुरबाज पहिलो ओभरको चौथो बलमै आउट भएका थिए ।

तर रहमत शाहले इब्राहिम जादरानसँग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे भने तेस्रो विकेटका लागि कप्तान हशमतुल्लाह शाहिदीसँग ५८ रनको महत्वपूर्ण साझेदारी गरे । जादरान ३९ र शाह ६२ रनमा आउट भए ।

जतिबेला अफगानिस्तानको स्कोर १३१र३ थियो । कप्तान शाहिदीले अजमतुल्लाह मिर्जासँग अविजित १११ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए । मिर्जा ७३ र शाहिदी ५८ रनमा अविजित रहे ।

यसअघि भारतको पुनेमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९।३ ओभरमा २४१ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

उसको सुरुवात राम्रो रहेन । २२ रन जोड्दा पहिलो विकेटका रुपमा दिमुथ करुणारत्ने आउट भए । तेस्रो नम्बरमा आएका कुशल मेन्डिसले पथुम निसांकासँग ६२ र सदीरा समरविक्रमासँग ५० रनको साझेदारी गर्दै श्रीलंकाको पारी उकासे । पथुम ४६ रनमा आउट भए । कुशल ३९ रनमा पभेलियन फर्किँदा श्रीलंकाको स्कोर १३४र३ थियो ।

त्यसपछि लगातार विकेट गुमाएको श्रीलंकाका एन्जेलो म्याथु र महेश थीक्षणाले आठौं विकेटका लागि ४५ रनको महत्वपूर्ण साझेदारी गरे । थीक्षणा २९ र म्याथु २३ रनमा आउट भए ।

श्रीलंकालाई मध्यम स्कोरमै अलआउट गर्ने क्रममा अफगानिस्तानका फजलहक फारुकीले ४ विकेट लिए भने मुजिवर रहमानले २ तथा रशिद खान र अजमतुल्लाह उमरजाईले १–१ विकेट हात पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय