LIVE
मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक | बाँसगढी पिपलडाँडा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न | गौतमबुद्ध प्रेस क्लवको आयोजनामा सात दिने तालिम सम्पन्न | सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार |

काम गर्ने जोश, जाँगर र इच्छा शक्ति हुने हो भने नदी किनारको बगरलाई पनि हराभरा बनाउन सकिन्छ भन्ने उदाहरण रुपन्देहीको सैनामैना १ काशीपुरमा रहेको लुम्बिनी गौतमबुद्ध एग्रोफार्म प्रालिले देखाएको छ । एग्रो प्रालिले नदी किनारको बगरलाई संरक्षण गरेर हरियालीमात्र बनाएको छैन, विभिन्न प्रकारका फलफुलदेखि विभिन्न प्रकारका तरकारीजन्य बस्तु उत्पादन गरेर कृषि गर्न चाहनेहरुका लागि उदाहरण प्रस्तुत गरेको छ ।
लुम्बिनी गौतमबुद्ध एग्रोफार्मका सञ्चालक कृष्णकुमार बञ्जाडे खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बुटवलको लेखा अधिकृत हुनुहुन्छ । उहाँले सरकारी कामबाट बचेको समयलाई त्यसै खेर फाल्नुभन्दा कृषि क्षेत्रमा योगदान गर्ने उद्देश्यले १३ जना साथीहरुसंग मिलेर एग्रोफार्म संचालन गर्नुभयो । अहिले उहाँहरुले उत्पादन गरेको विभिन्न बस्तुहरु बजारमा गैरहेको छ । तर, जुन साथ र सहयोग पाउने अपेक्षा सहित उहाँहरुले यो फार्म सञ्चालन गर्नुभयो, त्यसमा स्थानीय पालिकाले साथ र सहयोग नगरेकोमा उहाँ निरास हुनुभएको छ । देशमा कृषि गर्ने वातावरण अझै तयार नभएको उहाँको गुनासो छ । स्थानीय सैनामैना नगरपालिकाका जनप्रतिनिधिहरुले समेत कृषिको प्रवद्र्धन गर्नुपर्नेमा बेवास्ता गरिरहेको बञ्जाडेको गुनासो छ ।

कृषि उत्पादनको विविधकरण गरेर बजारसम्म आफ्ना उत्पादन विक्री गर्ने र थोरै भएपनि राज्यलाई कृषि क्षेत्रबाट योगदान दिने आफूहरुको उद्देश्य रहेपनि यसमा न त संघीय सरकार र न त स्थानीय पालिकाका जनप्रतिनिधि तथा कर्मचारीले नै सहयोग र प्रोत्साहन नगरेको बञ्जाडेको गुनासो छ । स्थानीय सरकार भन्ने तर कृषि क्षेत्रमा केही योगदान गर्नेलाई बेवास्ता गर्ने जनप्रतिनिधिहरुको पुरानै परम्परामा परिवर्तन आउन नसकेको उहाँको भनाई छ । यहाँसम्म की नगरपालिकाले उपलब्ध गराउने अनुदानको बीउ, मल तथा अन्य कृषिजन्य बस्तुको उत्पादनको अनुगमन समेत नगरिएको उहाँको भनाई छ ।

एग्रोफार्मले करिव एक विगाहा बढी क्षेत्रफल जग्गामा कृषिजन्य बस्तुको खेती गरिरहेको छ । अहिले तिहारका लागि आवश्यक सयपत्री, मखमली लगायतका फूलहरु उपलब्ध छन । त्यसैगरी ड्रागन खेती समेत गरिएको छ । बेलौती खेती गरिएको छ । त्यसैगरी विभिन्न प्रकारका सागहरु, फलफूलको खेती गरिएको छ तर यत्रो कृषि फर्मलाई अनुदान र प्रोत्साहन नगरिएकोमा सञ्चालहरुको गुनासो छ । सञ्चालक बञ्जाडेले आफूहरुले रासायनिक मल भन्दा पनि अर्गानिक मललाई नै प्राथमिकता दिएर विभिन्न बस्तुको उत्पादन गरिरहेको बताउनु भयो ।

कृषिजन्य बस्तुको उत्पादन समेत आफै गर्नुपर्ने र बजारीकरण समेत आफै गर्नुपर्ने भएकोले आफूहरुलाई धेरै समस्या परेको एग्रोफार्मका संचालकको भनाई छ । सरकार तथा पालिकाहरुले मल, बीउ र प्राविधिक रुपमा सहयोग र सपोर्ट दिने हो भने आफूहरुले कृषिमा धेरै गर्न सक्ने संभावना रहेको उनीहरुको भनाई छ । तर राज्यले कृषिप्रति देखाएको उदासिनताका कारण कृषिमा भविष्य देख्नेहरुलाई निरुत्साहित बनाउने काम भएको छ । अझैपनि सरकार र स्थानीय पालिकाहरुले कृषि क्षेत्रमा साँच्चीकै परिवर्तन गर्न चाहने हो भने नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन धेरै समय लाग्दैन भन्ने कुरा लुम्बिनी गौतमबुद्ध एग्रोफर्मले गरेको प्रयास पछिल्लो उदाहरण हो भन्दा अन्यथा हुँदैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय