LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

काठमाडौं, कात्तिक १४

नेपाल आयल निगम लिमिटेडले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा प्रति लिटर चार रुपैयाँले घटाइएको जनाएको छ।

बुधबार बिहानदेखि पहिलो वर्गको डिजेलरमट्टितेलको मूल्य १६१, दोस्रो वर्गको १६३ र तेस्रो वर्गको १६४ रुपैयाँ कायम गरिएको छ।

पहिलो वर्गमा आरआली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्।दोस्रो वर्गमा सुर्खेत र दाङ। त्यस्तै काठमाडौं पोखरा र दिपायल तेस्रो वर्ग अन्तर्गत पर्छन्।मंगलबार इन्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्यअनुसार पेट्रोलको एक रुपैयाँ ५१ पैसाले वृद्धि भएको पनि निगमले जनाएको छ। यस्तै डिजेलको मूल्यमा भने प्रति लिटर ३ रुपैयाँ ६३ पैसाले घटेर आएको र एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर ९३ रुपैयाँ ६० पैसाले वृद्धि भएको पनि निगमले जनाएको छ।

मूल्य वृद्धि भएको भएपनि उपभोक्ताको हितलाई मध्यनजरमा राख्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन बमोजिम पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० लाई यथावत राखिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय