LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

काठमाडौं, कात्तिक १४

नेपाल आयल निगम लिमिटेडले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा प्रति लिटर चार रुपैयाँले घटाइएको जनाएको छ।

बुधबार बिहानदेखि पहिलो वर्गको डिजेलरमट्टितेलको मूल्य १६१, दोस्रो वर्गको १६३ र तेस्रो वर्गको १६४ रुपैयाँ कायम गरिएको छ।

पहिलो वर्गमा आरआली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन्।दोस्रो वर्गमा सुर्खेत र दाङ। त्यस्तै काठमाडौं पोखरा र दिपायल तेस्रो वर्ग अन्तर्गत पर्छन्।मंगलबार इन्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्यअनुसार पेट्रोलको एक रुपैयाँ ५१ पैसाले वृद्धि भएको पनि निगमले जनाएको छ। यस्तै डिजेलको मूल्यमा भने प्रति लिटर ३ रुपैयाँ ६३ पैसाले घटेर आएको र एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर ९३ रुपैयाँ ६० पैसाले वृद्धि भएको पनि निगमले जनाएको छ।

मूल्य वृद्धि भएको भएपनि उपभोक्ताको हितलाई मध्यनजरमा राख्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन बमोजिम पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० लाई यथावत राखिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय