LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

दिनेश खनाल कात्तिक १४,
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले बङ्गलादेशलाई हराएको छ । आज मङ्गलवार भएको खेलमा पाकिस्तानले बङ्गलादेशलाई ७ विकेटले हरायो ।

बङ्गलादेशले दिएको २ सय ५ रनको मध्यम लक्ष्य पाकिस्तानले ३२ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । बङ्गलादेशका लागि फखर जमानले सर्वाधिक ८१ रन बनाए । यस्तै अब्दुल्लाह शफिक ६८ रन बनाएर आउट भए । बलिङतर्फ बङ्गलादेशका मेहिदी हसन मिराजले ३ विकेट लिए ।

यसअघि कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको बङ्गलादेश ४५ ओभर १ बलमा २ सय ४ रनमा अलआउट भयो । बङ्गलादेशका महमदुल्लाहले सर्वाधिक ५६ रन बनाए । यस्तै लिटन दास ४५ र कप्तान शकिब अल हसन ४३ रनमा आउट भए । बलिङतर्फ पाकिस्तानका शाहीन अफरिदी र मोहम्मद वसिमले समान ३ तथा हरिस रउफले २ विकेट लिए ।

प्रतियोगितामा लगातार ४ खेलको हारपछि पाकिस्तानको यो पहिलो जित हो । एकै संस्करणको विश्वकपमा पाकिस्तानले लगातार ४ खेलमा हार बेहोरेको पहिलो पटक हो । पहिलो खेलमा नेदरल्यान्ड्सलाई र दोस्रो खेलमा श्रीलङ्कालाई हराएको पाकिस्तान त्यसपछि भने लगातार ४ खेलमा पराजित भएको थियो । पाकिस्तान तेस्रो खेलमा भारतसँग, चौथो खेलमा अस्ट्रेलियासँग, पाँचौँ खेलमा अफगानिस्तानसँग र छैटौँ खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

आजको जितसँगै पाकिस्तान ७ खेलमा ६ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । बङ्गलादेश उति नै खेलमा २ अङ्कसहित नवौँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय