LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

दिनेश खनाल सैनामैना । एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले न्युजिल्याण्डमाथि शानदार जीत हासिल गरेको छ । बुधबार भएको खेलमा दक्षिण अफ्रिका १ सय ९० रनको विशाल अन्तरले विजयी भएको हो ।

पुणेमा भएको खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले ३५।३ ओभरमा १ सय ६७ रन मात्र बनाउन सक्यो । न्युजिल्याण्डको यो लगातार तेस्रो हार हो । पराजयसँगै न्युजिल्याण्ड नेट रन रेटको आधारमा चौथो स्थानमा खस्किएको छ ।

दक्षिण अफ्रिका भने लगातार चौथो जीत निकाल्दै एक खेल कम खेलेको भारतलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ । दुवै टोलीको समान १२ अङ्क रहे पनि रन रेटको आधारमा दक्षिण अफ्रिका एक स्थान माथि उक्लिएको हो ।

दक्षिण अफ्रिकाका बलरसामु न्युजिल्याण्डका ब्याट्समान निरीह बनेका थिए । न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६० रन बनाए भने विल यङले ३३ रन र डेरल मिचेलले २४ रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । दक्षिण अफ्रिकाका लागि केशव महाराजले ४ तथा मार्को जानसेनले ३ विकेट लिए । जेराल्ड कोट्जेले २ तथा कागिसो रबाडाले एक विकेट लिए ।

यसअघि क्विन्टन डी कक र रासी भन डर डुसेनको शतकीय पालीको मद्दतले दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ५७ रन बनाएको थियो । डी ककले १ सय १४ रनको शानदार पाली खेले । उनले ११६ बलमा १० चौका र ३ छक्का हिर्काए । यो विश्वकपमा उनी ५ सय रन पुरा गर्ने पहिलो खेलाडी पनि बनेका छन् । यो विश्वकपमा उनको यो चौथो शतक हो ।

त्यस्तै, डुसेनले ११८ बलमा १ सय ३३ रन बनाए । उनले ९ चौका र ५ छक्का हिर्काए । डेभिड मिल्लर आक्रामक पाली खेल्दै ३० बलमा ५३ रन बनाए । कप्तान टेम्बा बाभुमाले २४ रनको योगदान दिए । न्युजिल्याण्डका लागि टीम साउथीले २ तथा ट्रेन्ट बोल्ट र जेम्स निसमले १–१ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय