LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

रुपन्देहीको कञ्चन गाउँपालिकामा मेलमिलाप तथा सहजकर्ताहरुका लागि आठ दिने तालिम विहिवारदेखि सुरु भएको छ ।
कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरको अध्यक्षतामा भएको तालिममा ३० जना मेलमिलाप सहजकर्ताहरुको सहभागिता रहेको छ ।
कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र सेलर्ड काठमाण्डौंको प्राविधिक सहयोगमा तालिम सुरु भएको हो ।
पालिकामा आउने मुद्दा मामिलाको सहजीकरण गर्ने, पैरवी गर्ने, मेलमिलाप गराउने उद्देश्यले स्थानीय पालिकाहरुमा उपाध्यक्षको संयोजकत्वमा मेलमिलापकेन्द्र गठन हुने व्यवस्था छ ।
त्यसका लागि पालिकास्तरमा सर्वदलीय सहमतिको आधारमा समन्वय तथा मेलमिलाप तथा सहजकर्ताको मनोनयन गरिन्छ ।
विहिवारदेखि सुरु भएको तालिमले गाउँपालिकामा आएका मुद्दा मामिला स्थानीय स्तरमै मिलाउन सहयोग पुग्ने विश्वास सहभागीहरुले गरेका छन ।
पालिकामा हुने झैझगडा तथा विभिन्न प्रकारका मुद्दा अदालतमा भन्दापनि पालिकामै मिलापत्र गराउने उद्देश्यले मेलमिलाप केन्द्र गठनको अवधारणा आएको हो ।
कञ्चन गाउँपालिकामा पनि सकेसम्म स्थानीय मुद्दा मामिला पालिकास्तरमै मिलापत्र गराउन मेलमिलापकर्ताहरुलाई तालिमको आयोजना गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय