LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

नबिन घिमिरे, १८,कार्तिक

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ बाँसगढीमा रहेको गुलाब बहुउद्देश्यीय सहकारी संस्थाको ११ औ साधारण सभा शनिबार सम्पन्न भएको छ ।
साधारण सभाको उदघाटनका अवसरमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले गुलाब बहुउद्देश्यीय सहकारी संस्थाले लामो समयदेखि यस क्षेत्रका निक्षेपकर्ताले जम्मा गरेको रकममा ब्याज प्रदान गर्ने र उद्यम, कृषि तथा अरु पेशा गर्न चाहनेहरुलाई लगानी गरेर आर्थिक विकासमा ठूलो टेवा पु¥याएको बताउनु भयो ।
उहाँले सहकारीले आर्थिक कारोबारमात्र नगरी जेष्ठ नागरिकलाई सम्मान, शेयर सदस्यका छोरा छोरीलाई सम्मान प्रदान गरेर सामाजिक क्षेत्रमा समेत अब्बल सावित गरेको उल्लेख गर्नुभयो ।


त्यसैगरी कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले थोरै थोरै रकम जम्मा गर्ने सेयर सदस्यहरुको पनि सहकारीमा अपनत्व हुनु जरुरी रहेकोमा जोड दिदै सवैले आफ्नो सहकारी हो भन्ने भावनाको विकास गर्न सकेमा सहकारीले प्रगति गर्ने बताउनु भयो । उहाँले सहकारीका संचालकहरुले सहकारी ऐनले निर्दिस्ट गरेको नीति नियममा रहेर संस्थालाई अघि बढाउन सकेको अवस्थामा यो सहकारी यस क्षेत्रकै अग्रणी सहकारी बन्ने विश्वास ब्यक्त गर्नुभयो ।


सहकारीका अध्यक्ष गोपालप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न सहकारीको साधारण सभामा सैनामैना नगरपालिका उपप्रमुख बिना राना, कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचन, राष्ट्रिय सहकारी बैककी कर्जा प्रमुख सुशीला भट्टराई, जनसेवा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष धर्मागत बस्याल लगायतले सहकारीले ११ बर्षको सानो समयमा पनि उल्लेख्य प्रगति गरेको भन्दै आगामी दिनमा पनि सहकारीले प्रगति गर्ने विश्वास ब्यक्त गर्नुभएको थियो ।

सहकारीकी उपाध्यक्ष माया ज्ञवालीले स्वागत गर्नुभएको कार्यक्रममा धन्यबाद मन्तब्य कोषाध्यक्ष मुक्तबहादुर थापाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सञ्चालकहरु चन्द्रमणि ज्ञवाली र कल्पना गैरेले गर्नुभएको थियो ।


साधारण सभाको अवसरमा ७ जना जेष्ठ शेयर सदस्यलाई सम्मान गरिएको थियो भने बिद्याबारीधी गर्ने ३ जना शेयर सदस्यका छोराछोरीलाई समेत सम्मान गरिएको थियो ।
सहकारीमा एक हजार एकसय ५८ महिला र एक हजार तीन जना पुरुष गरि जम्मा दुईहजार एकसय ६१ जना शेयर सदस्य रहेका छन । सहकारीले ऋण लगानीमा १३ देखि १५ प्रतिशत ब्याज लिने र अनिवार्य बचत तथा स्वेच्छिक बचतमा क्रमशः ९ दशमलव ५ र ७ देखि १० प्रतिशत ब्याज दिने ब्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय