LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

रुपन्देहीको सैनामैना नगरपालिका ४ मा रहेको चौतारी बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभाको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख तथा सहकारीका सल्लाहकार फणेन्द्रप्रसाद शर्माले सहकारीले यस क्षेत्रको आर्थिक बिकासमा ठूलो भूमिका निर्वाह गरेको बताउँदै आगामी दिनमा पनि सहकारीले प्रगती र उन्नती गर्ने विश्वास ब्यक्त गर्नुभयो ।


सहकारीका अध्यक्ष लोकनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस सैनामैनाका सभापति रणबहादुर खनाल, सैनामैना वडा नंं ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी, रेडियो सैनामैनाकी अध्यक्ष कमला पाण्डे, समाजसेवी बिमल ज्ञवाली, सहकारीका पूर्व अध्यक्ष टेकबहादुर रेश्मी, रामनगर सहकारीका अध्यक्ष प्रेमबहादुर खडका, भूमिपुत्र सहकारीका अध्यक्ष दुलबहादुर थारु लगायतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रमको संचालन सहकारीका सचिव चिन्तामणि भुसालले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष जगन्नाथ गौतमले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय