LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

शुक्रबार राती जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्पमा परेका प्रभावितहरुलाई राहत सहयोग दिने उद्देश्यले रुपन्देहीको सैनामैना नगर क्षेत्रबाट आईतबार सहयोग सामाग्री लिएर एक टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ ।

रुपन्देही सेवा समाज युएई, सैनामैना सेवा समाज युएई र सैनामैना युवा रेडक्रस सर्कल र सैनामैना युथ क्लवले भुकम्प प्रभावितलाई आवश्यक चामल, नुन, कपडा, त्रिपाल, चाउचाउ, बिस्कुट, खानेतेल, म्याट, चिउरा, टुथपेष्ट र साबुन लगायतका अत्यावश्यक सामान सहित टोली आईतबार त्यसतर्फ प्रस्थान गरेको हो ।

त्यस अवसरमा बोल्दै सैनामैना नगरपालिका उपप्रमुख विना रानाले भुकम्प प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो राहत सामाग्री पु¥याउन सामाजिक संघ संस्थाहरुले जुन प्रयास गरेर यहाँबाट प्रस्थान गरेका छन, त्यसका लागि धन्यबाद दिदै यस प्रकारका कामले प्रभावितहरुलाई सहयोग पुग्ने विश्वासब्यक्त गर्नुभयो ।

रुपन्देही सेवा समाज युएइएका अध्यक्ष टंक थापा मगर र उपाध्यक्ष कला पंगेनीले भुकम्पले पु¥याएको क्षतिबाट प्रभावितलाई राहत सहयोग पु¥याउने उद्देश्यले खाद्यान्न सहितको सामाग्री पठाउन लागेको बताउनु भयो ।

त्यसैगरी सैनामैना सेवा समाज युएईका नेपाल शाखा प्रमुख कृष्णप्रसाद पाण्डेले भुकम्प प्रभावितहरुलाई सहयोग गर्ने उद्देश्यले युएईमा रहनुभएका समाजका साथीहरुको सल्लाह बमोजिम संकलन भएको राहत भुकम्प प्रभावित क्षेत्रमा पठाएको बताउनु भयो ।

त्यसैगरी सैनामैना युवा रेडक्रस सर्कल तथा नमूना युथ क्लबका अध्यक्ष महेश अधिकारीले सैनामैनाबाट संकलन भएको राहत सामाग्री प्रभावित क्षेत्रमा बितरण गर्ने र त्यहाँको बस्तुस्थिति बुझेर अरु सहयोगका लागि पनि सकृय भएर लाग्ने उल्लेख गर्नुभयो ।

राहत सामाग्रीमा सैनामैना सेवा समाज युएईले त्रिपाल २० थान, चिउरा २० प्याकेट, टुथपेष्ट २० सेट र साबुन एक प्याकेट सहयोग गरेको छ । त्यसैगरी रुपन्देही सेवा समाज युएईले पाँचसय केजी चामल, ५० लिटर तेल र एक बण्डल म्याच उपलब्ध गराएको छ । त्यसैगरी सैनामैना युवा रेडक्रस सर्कलले चामल २ सय ५० केजी, नुन ३ बोरा, कपडा ट्रयाक १६ सेट तथा त्रिपाल ५ पिस उपलब्ध गराएको छ । उता सैनामैना युथ क्लवले चामल १५० केजी, चाउचाउ ८ कार्टुन र बिस्कुट २ कार्टुन उपलब्ध गराउने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय