LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

कार्तिक १९ सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले भुकम्प प्रभावितहरुलाई राहत सामाग्री पठाउने भएको छ । सरकारले एकद्वार प्रणालीमार्फत सहयोग उपलब्ध गराउनु पर्ने निर्णय गरेपछि सैनामैना नगरपालिकाले पनि नगर क्षेत्रबाट संकलित राहत सामाग्री एकद्वार प्रणालीमार्फत पठाउने भएको हो ।
आईतबार नगरपालिकामा आयोजित प्रकोप व्यवस्थापन समितिको बैठकमा नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले एकीकृतरुपमा प्राप्त सहयोग सामाग्री भुकम्प प्रभावित क्षेत्रमा पठाउने बताउनु भयो ।
नगरपालिकाले नगद भन्दा जिन्सी सामाग्री सहयोग गर्न चाहने सैनामैनाका स्थानीय संघ संस्थाहरुलाई भुकम्प प्रभावितलाई सहयोग गर्न आग्रह गरेको छ ।
यसैगरी रुपन्देहीको सियारी गाउँपालिकाले भुकम्प प्रभावित क्षेत्रमा आठ लाख बराबरको खाद्यन्न तथा लत्ताकपडा प्रदान गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाको आईतबार बिहान बसेको कार्यपालिका बैठकले दाल, चामल, सोयाविन, डसना, बलाङकेट र २ बर्ष देखि १४ बर्ष भित्र बालबालिकालाई प्रयोग गर्न मिल्ने सुइटर लगायतका सामाग्री पिठाउने निर्णय गरिएको पालिकाका प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थीले जानकारी दिनुभयो ।
गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषबाट ५ लाख, गाउँपालिका अध्यक्षबाट १ महिनाको तलव, कार्यपालिका तथा गाउँसभा सदस्यबाट ५ दिन र कर्मचारीबाट १ दिनको तलब बापतको रकमबाट उक्त सामाग्री खरिद गरी पठाउन लागिएको पन्थीले जानकारी दिनुभयो ।
शुत्रबार मध्य राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्र बिन्दु बनाएर आएको भुकम्पले ठुलो मात्रामा जनधनको क्षति पु¥याएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय