LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

कार्तिक १९ सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले भुकम्प प्रभावितहरुलाई राहत सामाग्री पठाउने भएको छ । सरकारले एकद्वार प्रणालीमार्फत सहयोग उपलब्ध गराउनु पर्ने निर्णय गरेपछि सैनामैना नगरपालिकाले पनि नगर क्षेत्रबाट संकलित राहत सामाग्री एकद्वार प्रणालीमार्फत पठाउने भएको हो ।
आईतबार नगरपालिकामा आयोजित प्रकोप व्यवस्थापन समितिको बैठकमा नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले एकीकृतरुपमा प्राप्त सहयोग सामाग्री भुकम्प प्रभावित क्षेत्रमा पठाउने बताउनु भयो ।
नगरपालिकाले नगद भन्दा जिन्सी सामाग्री सहयोग गर्न चाहने सैनामैनाका स्थानीय संघ संस्थाहरुलाई भुकम्प प्रभावितलाई सहयोग गर्न आग्रह गरेको छ ।
यसैगरी रुपन्देहीको सियारी गाउँपालिकाले भुकम्प प्रभावित क्षेत्रमा आठ लाख बराबरको खाद्यन्न तथा लत्ताकपडा प्रदान गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाको आईतबार बिहान बसेको कार्यपालिका बैठकले दाल, चामल, सोयाविन, डसना, बलाङकेट र २ बर्ष देखि १४ बर्ष भित्र बालबालिकालाई प्रयोग गर्न मिल्ने सुइटर लगायतका सामाग्री पिठाउने निर्णय गरिएको पालिकाका प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थीले जानकारी दिनुभयो ।
गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषबाट ५ लाख, गाउँपालिका अध्यक्षबाट १ महिनाको तलव, कार्यपालिका तथा गाउँसभा सदस्यबाट ५ दिन र कर्मचारीबाट १ दिनको तलब बापतको रकमबाट उक्त सामाग्री खरिद गरी पठाउन लागिएको पन्थीले जानकारी दिनुभयो ।
शुत्रबार मध्य राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्र बिन्दु बनाएर आएको भुकम्पले ठुलो मात्रामा जनधनको क्षति पु¥याएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय