LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

कार्तिक १९

दिनेश खनाल सैनामैना   विराट कोहलीको कीर्तिमान शतक तथा रवीन्द्र जडेजाको पाँच विकेट प्रदर्शनको मद्दतले भारत विश्वकप क्रिकेट २०२३ मा दक्षिण अफ्रिकालाई आइतबार २ सय ४३ रनले पराजित गरेको छ । यो जितपछि भारतको १६ अंक भएको छ र लिग चरणमा शीर्ष स्थानमा रहने निश्चित भएको छ ।

शीर्ष स्थानका दुई प्रत्यासीबीच इडेन गार्डेनमा भएको खेलमा भारतले सजिलै विजयी रहेको हो । दुवै टिम यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।

दक्षिण अफ्रिका भने प्रतियोगिताको दोस्रो हारपछि १२ अंकमा सीमित रह्यो । जितका लागि ३ सय २७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले २१।५ ओभरमा सबै विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो । यसअघि उत्कृष्ट ब्याटिङमा गरेको दक्षिण अफ्रिकाले यस्तै खेल दोहोर्‍याउन सकेन ।

उसलाई सस्तोमा समेट्न जडेजाले मुख्य भूमिका खेले । उनले नौ ओभरमा ३३ रन दिएर पाँच विकेट लिए । यस्तै मोहम्मद सामी र कुलदीप यादवले दुईरदुई विकेट हात पारे । दक्षिण अफ्रिकी ब्याटरमध्ये मार्को यान्सनले १४ र रस्सी भान डेर डुसेनले १३ रन बनाए । त्यस अगाडि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको भारतले पाँच विकेट गुमाएर ३ सय २६ रन बनाएको थियो ।

त्यसमा कोहलीले १० चौकाको मद्दतले १ सय १ रन बनाए । आफ्नो ३५ औं जन्मदिन मनाइरहेका कोहलीले ४९ औं वान डे शतक पूरा गरे र यसक्रममा सचिन तेन्दुलकरको बराबरी खेले । भारतका लागि श्रेयस अयरले ७७ रनको योगदान दिए । कप्तान रोहित शर्माले २४ बलमा ४० रन बनाएर टिमलाई आक्रामक सुरुआत दिलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय