LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

शुक्रबार मध्य रातिको भूकम्पबाट घाइते भएकामध्ये ४३ जनाको बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार जारी छ।

भेरी अस्पतालमा उपचाररत घाइतेहरूमध्ये आमाको पेटभित्र मृत्यु भएको शिशुलाई शल्यक्रिया गरी निकालिएको छ।

अहिलेसम्म सात घाइतेको अपरेसन गरिएको र ती मध्ये ६ जनाको अवस्था अझै गम्भीर रहेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ।

जिल्ला आपतकालीन कार्यालय संचालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार हेमोफेलियाको घाइतेको पनि शल्यक्रिया गरिएको छ। त्यस्तै आइसियूमा भर्ना गरी एक जनाको उपचार जारी रहेको छ। पहिले सिकिस्त भए पनि हाल सुधाररत घाइतेको संख्या दुई र सामान्य सुधारोन्मुख घाइतेको संख्या ३९ रहेको श्रेष्ठले जानकारी दिएका छन् । बितेको १२ घन्टाभित्र चार जना घाइते भेरी अस्पतालमा थपिए भने एक जना उपचार पछि घर फर्किएको प्रशासनले जानकारी दिएको छ।

सोमबार बिहानसम्म भेरीमा २३ महिला र २० पुरुषको उपचार भइरहेको छ। तीमध्ये ५ वर्ष मुनिका ६ जना, ५ देखि १५ वर्षसम्मका ५ जना, १५ देखि १८ वर्षका ५ जना, १८ देखि ६० वर्षका २२ जना, ६० वर्ष माथिका ५ जना घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय