LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

नबिन घिमिरे, २० कार्तिक
रुपन्देहीको कञ्चन गाउँपालिकाले सबै योजना सम्झौता वडाबाट गर्ने उद्येश्यका साथ घुम्ती शिविर सञ्चालन गरेको छ ।
घुम्ती शिविरको उद्घाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले अघिल्लो बर्ष भए गरेका कमि कमजोरीलाई सुधार गदै लैजाने प्रकृयामा जेठ असारमा हुने सम्झौतालाई गत बर्ष चैत्र सम्म अनिवार्य गर्नुपर्ने बनाएको बताउदै यस बर्ष त्यसलाई अझै सुधार गदै भदौ भित्र उपभोक्ता समिति गठन, असोजमा समितिलाई तालिम कार्तिक भित्र सम्झौता सम्पन्न गर्ने योजना अनुरुप घुम्ति शिविर सञ्चालन गरिएको बताउनु भयो ।

आर्थिक बर्षको अन्तिममा हतार हतारमा योजना सम्झौता गर्ने गुणस्तरीय काम नगर्ने प्रबृतिलाई निरुत्साहित गर्न घुम्ती सिविर मार्फतनै योजना सम्झौता गर्ने लागिएको कञ्चन गाउँपालिकाका ईञ्जिनीयर सुबोध ज्ञवालीले बताउनु भयो ।

वडा बाटै योजना सम्झौता हुदा सानो योजनालाई पनि सम्झौता गर्न गाउँपालिका जानुपर्ने बाध्यता हटेको र समय को साथै पैशाको पनि बचत हुने स्थानियको भनाई रहेको छ । पालिकाले ल्याएको वडा बाटै योजना सम्झौता गर्ने कार्यक्रमले उपभोक्ता समितिमा बसेर काम गर्नेलाई धेरै सहज भएको शिविरमा सहभागि स्थानियहरुले बताए ।

कञ्चन गाउँपालिकाले यस बर्ष समयमै योजना सम्पन्न गर्नको लागि भदौ भित्र उपभोक्ता समिति गठन, असोज भित्र समितिलाई तालिम र कार्तिक भित्र योजना सम्झौता सम्पन्न गर्ने योजना ल्याएको छ । त्यसै अनुसार २० गते वडा नं. १को कार्यालयमा ,२१ गते वडा नं. ४को कार्यालय, २२ गते वडा नं. ३ को कार्यालय, २३ गते वडा नं. ५ को कार्यालय र २४ गते वडा नं. २ का कार्यालयमा योजना सम्झौता शिविर सञ्चालन हुने पालिकाले जनाएको छ ।
शिबिर उद्द्याटन कार्यक्रम कञ्चन गाउपालिका वडा नं. १ का अध्यक्ष हरिनारायण थारुको अध्यक्षता, गाँउपालिकाका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगर, योजना शाखा प्रमुख चिन्तामणि घिमिरे, ईन्जीनियर सुबोध ज्ञवाली लगायतले बोल्नुभएको थियो । कार्यक्रम वडा सदस्य रेखा राहादीको स्वागत र वडा सचिव गंगा घिमिरको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय