LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

सियारी गाउँपालिका रुपन्देहीले शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वलाई सभ्य र शान्तिपुर्वक रुपमा मनाउन आग्रह गरेको छ ।
गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै नेपालीहरूको महान चाँड शुभ दीपावली, नेपाल संवत एवं छठ पर्वलाई सभ्य, शान्तिपूर्ण वातावरणमा एक आपसमा खुशी साटासाट गरी मनाउन आग्रह गरेको हो ।
चाडपर्वको समयमा पटका आतिशबाजी जस्ता प्रज्वलनशील पदार्थ पड्काउने, किनबेच तथा ओसार पसार गर्ने, जुवा तास खेल्ने खेलाउने, उश्रृंखल देउसी भैलो एवं कानुनले निषेध गरिएका कार्य नगर्न तथा नगराउनुहुन सियारीबासीमा अनुरोध गरेको छ ।
पालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु र प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा चाडपर्वको समयमा चोरी, डकैतीका घटनाहरू हुने संभावना भएकोले आफ्नो घरको सुरक्षा प्रबन्ध बलियो बनाउन गाउँवासीमा अनुरोध गरिएको छ ।
यस्तै सियारी गाउँपालिकाले दिपावली लगाएतका चाडपर्वहरूमा प्लास्टिकका फूलमालाहरु तथा आयातित फूलमालाहरु प्रयोग नगर्न आग्रह गरेको छ । स्थानीय स्तरमा उत्पादित फूलका मालाहरुको प्रयोग गरी स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै किसानलाई सहयोग गर्न गाउँपालिका सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय