LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

सियारी गाउँपालिका रुपन्देहीले शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वलाई सभ्य र शान्तिपुर्वक रुपमा मनाउन आग्रह गरेको छ ।
गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै नेपालीहरूको महान चाँड शुभ दीपावली, नेपाल संवत एवं छठ पर्वलाई सभ्य, शान्तिपूर्ण वातावरणमा एक आपसमा खुशी साटासाट गरी मनाउन आग्रह गरेको हो ।
चाडपर्वको समयमा पटका आतिशबाजी जस्ता प्रज्वलनशील पदार्थ पड्काउने, किनबेच तथा ओसार पसार गर्ने, जुवा तास खेल्ने खेलाउने, उश्रृंखल देउसी भैलो एवं कानुनले निषेध गरिएका कार्य नगर्न तथा नगराउनुहुन सियारीबासीमा अनुरोध गरेको छ ।
पालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु र प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा चाडपर्वको समयमा चोरी, डकैतीका घटनाहरू हुने संभावना भएकोले आफ्नो घरको सुरक्षा प्रबन्ध बलियो बनाउन गाउँवासीमा अनुरोध गरिएको छ ।
यस्तै सियारी गाउँपालिकाले दिपावली लगाएतका चाडपर्वहरूमा प्लास्टिकका फूलमालाहरु तथा आयातित फूलमालाहरु प्रयोग नगर्न आग्रह गरेको छ । स्थानीय स्तरमा उत्पादित फूलका मालाहरुको प्रयोग गरी स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै किसानलाई सहयोग गर्न गाउँपालिका सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय