LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

बुटवल । बुटवल उपमहानगरपालिकाले जाजरकोटको नलगाड नगरपालिकामा पुगेर भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।
मंगलबार नलगाड नगरपालिका पुगेको बुटवल उपमहानगरपालिकाको टोलीले कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहलाई हस्तान्तरण गरेको हो।
राहत सामग्री लिएर बुटवल उपमहानगरपालिकाबाट सुरेन्द्र बहादुर कार्की, दीपक राना, पत्रकारहरु ललित पाण्डे र कपिल अधिकारी जाजरकोटको नलगाड पुगेका हुन्।
बुटवल उपमहानगरपालिकामा आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बुटवल उपमहानगरपालिकाले आइतबार राती पठाएको चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, ब्लाङकेट र म्याट गरी एक ट्रक सामान मंगलबार हस्तान्तरण गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।
प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले २५ लाख रुपैयाँ, जनप्रतिनिधिले थप ५ लाख रुपैयाँ र कर्मचारीको तर्फबाट समेत सहयोग गर्ने निर्णयअनुसार प्रभावित क्षेत्रको मागअनुसार खाद्यान्न र लत्ताकपडा पठाइएको बताए। उनले बुटवलले बुटवलभित्रका संस्थाहरुलाई एकद्वार प्रणालीमार्फत राहत सामग्री पठाउने व्यवस्था भएकाले सोहीअनुसार गर्नका लागि आह्वान गरेका छन्।
बुटवल उपमहानगरपालिकाले बुटवलका संघसंस्था र अन्य सहयोगीहरुलाई एकद्वार प्रणालीबाट राहत सामग्री पठाउन अपील गरेको छ। जसका लागि उपमहानगरपालिकाले विपद शाखा प्रमुख योगेश चापागाइँलाई फोकल पर्सन तोकेको प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय