LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

भुकम्प प्रभावितलाई राहत सहयोग उपलब्ध गराउने उद्देश्यले रुपन्देहीको सैनामैना नगरमा समेत राहत संकलन गरिएको छ । यसरी संकलन भएको खाद्यान्न लगायतका सामान जिल्ला विपद तथा दैबी प्रकोप व्यवस्थापन समितिमार्फत पठाउने व्यवस्था अनुसार सैनामैना नगरपालिकाले बुधबार जिल्ला बिपद व्यवस्थापन समितिमार्फत पठाउने भएको सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले बताउनु भयो ।

नगरपालिकाले भुकम्प प्रभावितहरुलाई राहत सामाग्री पठाउन वडा वडामा राहात सामाग्री संकलन गरेको हो ।
यसैबीच सैनामैनाको सप्तऋषि सहकारी संस्थाले भुकम्प प्रभावितलाई राहत सामाग्री सहयोग गरेको छ । सहकारीले एकसय पिस डाईपर, एकसय पिस हाइनेक, ६० पिस टोपी, चाउचाउ, एकसेट गलैचा र केही सेट कपडा सहयोग गरेको छ । ती सहयोग सामाग्री सहकारीका अध्यक्ष प्रेमबहादुर बानियाले सैनामैना नगरपालिकालाई हस्तान्तरण गर्दै भुकम्प प्रभावितलाई मानवीय नाताले सहयोग दिने उद्देश्यले राहत सामाग्री प्रदान गरिएको बताउनु भयो ।

सैनामैना नगरपालिका बिपत ब्यबस्थापन फोकल पर्सन सुरज न्यौपानेले सैनामैनाबाट संकलन भएको राहत भुकम्प प्रभावित क्षेत्रमा पठाउन आवश्यक तयारी भैरहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय