LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

नबिन घिमिरे कार्तिक २१ । रुपन्देहीको कञ्चन गाउँपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा गहुँ र च्याउको बीउ बितरण गरेको छ ।
जस अनुसार गहुँ ५४ सय क्वीण्टल बितरण गरिएको छ भने च्याउ ४८ सय पोका वितरण गरिएको कञ्चन गाउँपालिका कृषि शाखाले जनाएको छ ।
कञ्चनका कृषकहरुले प्रति कृषक गहुँको बीउ १० केजी, पालिकामा रहेका कृषक समूहलाई १२० केजी र फर्मलाई ४० केजीका दरले ३ क्वीण्टल वितरण गरिएको हो ।
त्यसैगरि च्याउ ४८ सय पोका बितरण गरिएको पालिकाले जनाएको छ । जस अनुसार १५ सय किसानलाई ४०० ग्रामका दरले बिउ बितरण गरिएको छ ।
च्याउको बीउ २० वटा कृषि समूह र ५ वटा फर्मलाई बितरण गरिएको हो ।

 


पालिकाले १५ लाख बराबरको गहुँको बीउ र ४ लाख बराबरको च्याउ ५० प्रतिशत अनुदानमा बितरण गरेको हो । च्याउको बिउलाई आवश्यक प्लाष्टिक पालिकाले निशुल्क उपलब्ध गराएको हो ।
कञ्चन गाउँपालिका वडा नं. १ मा अनुदानको बीउ वितरण गर्दै वडा अध्यक्ष हरिनारायण चौधरीले गाउँपालिकाको ५० प्रतिशत अनुदानमा कृषकहरुलाई उन्नत जातको प्रशोधन समेत गरिएको बीउ वितरण गरिएको बताउँदै साथै कृषकहरुलाई घाँसको बीउ सतप्रतिशत अनुदानमा समेत वितरण गरेको बताउनु भयो ।

त्यसैगरी पालिकाका कृषि शाखाका प्राविधिक रामप्रसाद अधिकारीले सत प्रतिशत ढुवानी अनुदान र ५० प्रतिशत अनुदानमा गहुँ र च्याउको बिउ बितरण गरिएको बताउनु भयो । उहाँले हेर्दा यो सानो आकारमा बीउ बितरण गरेको देखिएपनि खाद्य सुरक्षा तथा उत्पादनमा बिशेष टेवा पु¥याएको बताउनु भयो ।

अहिले बितरण गरिएको बीउबाट उत्पादित गहुँ र च्याउ कृषकहरुले अर्को बर्षका लागि समेत बीउका रुपमा प्रयोग गर्न सक्ने पालिकाले जनाएको छ । मंगलवार एकै दिन कञ्चनका सवै वडामा बीउ बितरण गरिएको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय