LIVE
सैनामैनामा सर्प उद्धार तालिम, १३ जना सर्प उद्धारकर्ता तयार | जातीय विभेद उन्मूलनका लागि चेतना र कानुन कार्यान्वयनमा जोड | जनकल्याण माविमा पूर्व विद्यार्थी समाज पुनर्गठन, अध्यक्षमा सुरेन्द्र परियार | दलित महिलाहरूकोलागि सशक्तिकरण तालिम सुरू | सैनामैनाका विज्ञान थापा मेन फिजिक्सतर्फ प्रथम | गुल्मीको ठूलो लुम्पेकमा स्थानीय कृषि उपजबाट अचार बनाउने तालिम सम्पन्न | सैनामैना ६ मा बृहत रक्तदान , १०० पोईन्ट रगत संकलन | पाण्डे परिवारद्वारा आमा बुबाको नाममा १ लाख ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना | गजेडी २ बकुलघाट खानेपानीको नयाँ नेतृत्वमा ओमबहादुर मगर: गाउँपालिकाद्वारा ‘छाता ऐन’ निर्माण | प्रश्नको घेरामा मिडिया, कसरी जित्ने पाठक, दर्शक र श्रोताको मन ? |

नबिन घिमिरे कार्तिक २१
महिला शक्ति विकास केन्द्र नेपालको आयोजनामा कार्यक्रम सञ्चालन सीप तथा समन्वय विस्तार सम्बन्धि आधारभूत तालिम मंगलवारदेखि कञ्चनको वडा नंं २ स्थित वडा कार्यालय हलमा सुरु भएको छ ।
तालिमको एक समारोहका बीच कञ्चन गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष टेकबहादुर गुरुङले उदघाटन गर्दै तालिमले महिला दिदी बहिनीहरुलाई जागरुक बनाउने र सचेत बनाउने लक्ष्यले आयोजना गरिएकोले यसको उपादेयता उपलब्धिमूलक हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले अशिक्षाका कारण घरायसी बादविबाद समेत बढेको देखिएको अवस्थामा यो तालिमले थोरै भएपनि शिक्षा दिएर समाजलाई सकारात्मक सन्देश दिने अपेक्षा गरेको बताउनु भयो ।

केन्द्रकी अध्यक्ष सिर्जना सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पबित्रा पाण्डेले गर्नुभएको थियो भने सञ्चालन मञ्जु पौडेलले गर्नुभएको थियो । दुई दिन सञ्चालन हुने तालिममा स्थानीय ३० जना महिलाहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय