LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

बुटवल । पाल्पामा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बुधबार भएको सो दुर्घटनामा परेर ३ जना घाइते भएका छन् ।

पाल्पाको निस्दि गाउँपालिका ७ स्थित ज्यामिरे अरुणखोला भित्री कच्ची सडकमा चुनढुङ्गा लिएर आएको लु २ ख ५२९ नम्बरको टिपर ब्रेक फेल भई दुर्घटना हुँदा पाल्पाको पूर्वखोला गाउँपालिका २ बस्ने १९ वर्षकी दिलकुमारी आलेको घटनास्थलमै मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घटनामा पाल्पाको निस्दि गाउँपालिका वार्ड ७ की २५ वर्षकी हिमाली आले, चालक मकवानपुर जिल्ला मनोहरी गाउँपालिका ९ बस्ने २६ वर्षीय अञ्जन सुनार र सहचालक मकवानपुर हेटौँडा नगरपालिका ९ बस्ने २४ वर्षीय आशिष सुनार घाइते भएका छन् ।

घाइतेहरूलाई थप उपचारका लागि नवलपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय