LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

रुपन्देहीको कञ्चन गाउँपालिकाले आर्थिक बर्षको अन्त्यतिर योजना सम्झौता गर्ने र हतार हतारमा काम गर्ने असारे विकासको प्रवृत्ति निरुत्साहित गर्ने अभियान सुरु गरेपछि पालिकामा योजनाको काममा परिवर्तन देखापरेको छ । पालिकाले यो बर्षको कार्तिक सम्म ई बिडिङमार्फत आठवटा योजनाको सुचना निकाले मध्ये चारवटाको ठेक्का लगाईसकेको छ, तिन ओटा डेक्का प्रकृयामा रहेको छ भने एउटा काम निर्धारित मितिभन्दा अघि नै सम्पन्न भएको छ ।


कञ्चन गाउँपालिका इञ्जिनियर सुवोध ज्ञवालीले कञ्चन गाउँपालिकाले योजनाको कामलाई प्रभावकारी बनाएकै कारण कञ्चनको वडा नंं १ को भैसाही माविको कम्पाउण्ड वाल निर्माणको काम असोज ३० गते सुरु भएर निर्धारित मितिभन्दा आठ दिन छिटो कात्तिक २२ गते नै सम्पन्न भएको बताउनु भयो । उहाँले विगतमा ढिलो योजना सम्झौता गर्ने र काम पनि ढिलो र हतारमा गर्ने असारे विकासको प्रवृत्ती निरुत्साहित गर्न अभियान चलाएपछि अहिले समयमै योजनाको सम्पन्न भएको बताउनु भयो ।


इञ्जिनियर ज्ञवालीले १० लाखमाथिका योजना इ बिडिङबाट गर्ने नीति अनुसार यो बर्ष कार्तिक सम्म आठवटा योजना इ बिडिङब बाट स’चना निकाले मध्ये चारवटा योजनाको सम्झौता भै काम अगाढी बढी सकेकोे र बाँकी पनि सम्झौता हुने अवस्थामा रहेको बताउँदै सकेसम्म चैतभित्रै र नभए बैशाखभन्दा पर नजानेगरि योजनाको काम सम्पन्न गर्ने उल्लेख गर्नुभयो ।

कञ्चन गाउँपालिकाले १० लाखभन्दा सानो योजना स्थानीय उपभोक्ता समितिमार्फत गर्ने नीति लिएको छ भने १० लाख माथिका योजना इबिडिङमार्फत गर्ने भएको हो । पालिकाले बुधबार अनुगमन गरेको कञ्चन ५ को भैसाही माविको १० लाख रुपैयाको कम्पाउण्ड वाल निर्माणको काम निर्धारित मितिभन्दा आठ दिन अघि सम्पन्न गरिसकेको छ ।
उक्त कामको जिम्मा इन्जेनियम इन्फ्रास्टक्चर केटीएम प्रालिले पाएकोमा एक महिना पनि नहुँदै निर्माणको काम सम्पन्न गरेको हो ।

तोकिएको समयमा काम नगर्ने  निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी


यसैगरी कञ्चन गाउँपालिकाले एक सूचना प्रकाशित गरि ठेक्का पाएका तर तोकिएको समयभित्र निर्माणको काम सम्पन्न गर्न पटकपटक ताकेता गर्दापनि काम अघि नबढाएको हुँदा एकवटा निर्माण कम्पनीलाई स्पष्टीकरण दिन निर्देशन दिएको छ । पालिकाले सूचनाको बेवास्ता गरे सम्झौता रद्द गरि निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी समेत दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय