LIVE
कपिलवस्तुको शिवराजमा स्कर्पियो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु | पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु | थारु पत्रकार संघ नेपाल कपिलवस्तुशाखाको अध्यक्षमा पुनः सरिता थारु | मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक | राष्ट्रपतिद्धारा तीन वटा विधेयक प्रमाणीकरण | इनर ह्विल क्लब अफ सैनामैनाको अध्यक्षमा सीता खनाल | नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई लेखनवृत्ति प्रदान | इतिहासको गर्भबाट ब्युँझिँदै सैनामैना | रुपन्देहीको सैनामैना नगरपालिकाले नगरपालिकाको आगामी आथिर्क वर्ष २०८३÷०८४ लागि १ अर्ब ५५ करोड ६७ लाख ९६ हजार रुपैयाको बजेट सार्वजनिक | गैडहवा गाउँपालिकाले आर्थिक बर्ष २०८३÷०८४ का लागि ७१ करोड़ १८ लाख ९७ हजार रुपैयाको बजेट सार्वजनिक |

नबिन घिमिरे,२२ कार्तिक
रुपन्देहीको कञ्चन गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको बार्षिक समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ । कञ्चन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले कञ्चन गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको बताउँदै नागरिकहरुलाई शिक्षा र स्वास्थ्यको पहुँचमा पु¥याउन केन्द्र, प्रदेश र स्थानीय पालिकाहरुले सशक्त भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कञ्चन गाउँपालिकाले विद्यालयमा अध्ययन गर्ने बालबालिकाको शिक्षा र पोषणमा पालिकाको बजेटले भ्याएसम्म खर्च गरेर काम गरिरहेको बताउनु भयो ।


कार्यक्रममा कञ्चन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद गौतमले विद्यालयमा अध्ययनरत बालबालिकाहरु विभिन्न स्वास्थ्यको जोखिममा रहेको बताउँदै पोषणमा ध्यान सकियो भने बालबालिकालाई धेरै रोगबाट बचाउन सकिने भएकोले पालिकाले विद्यालयका बालबालिकाको स्वास्थ्य र पोषणमा कमी हुन नदिएको बताउनु भयो ।
कार्यक्रममा कञ्चन गाउँपालिकाका स्थानीयले बालबालिकालाई कुपोषणबाट मुक्त गराउन विद्यालयमा मात्रै होइन घरमा पनि आमा बुवाले ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रमले बालबालिकाको स्वास्थ्य शिक्षामा ध्यान दिन अझै प्रेरणा दिएको सहभागीहरुको धारणा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय