LIVE
थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण | लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन | प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने | प्रधानमन्त्री शाहद्वारा एनपिएल सफलताको शुभकामना व्यक्त | निर्वाचनको दुई तीन महिनाअघि नै उम्मेदवार बनाएर मैदानमा पठाउछौ– सभापति थापा | विद्युत् निर्यातबाट असोजमा ५ अर्ब ९२ करोड आम्दानी | जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड | १३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण | कार्तिक ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने , सावधानी अपनाउन आग्रह | नेकपाले दुईमहिने जागरण अभियान सन्चालन गर्ने |

नबिन घिमिरे,२२ कार्तिक
रुपन्देहीको कञ्चन गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको बार्षिक समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ । कञ्चन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले कञ्चन गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको बताउँदै नागरिकहरुलाई शिक्षा र स्वास्थ्यको पहुँचमा पु¥याउन केन्द्र, प्रदेश र स्थानीय पालिकाहरुले सशक्त भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कञ्चन गाउँपालिकाले विद्यालयमा अध्ययन गर्ने बालबालिकाको शिक्षा र पोषणमा पालिकाको बजेटले भ्याएसम्म खर्च गरेर काम गरिरहेको बताउनु भयो ।


कार्यक्रममा कञ्चन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद गौतमले विद्यालयमा अध्ययनरत बालबालिकाहरु विभिन्न स्वास्थ्यको जोखिममा रहेको बताउँदै पोषणमा ध्यान सकियो भने बालबालिकालाई धेरै रोगबाट बचाउन सकिने भएकोले पालिकाले विद्यालयका बालबालिकाको स्वास्थ्य र पोषणमा कमी हुन नदिएको बताउनु भयो ।
कार्यक्रममा कञ्चन गाउँपालिकाका स्थानीयले बालबालिकालाई कुपोषणबाट मुक्त गराउन विद्यालयमा मात्रै होइन घरमा पनि आमा बुवाले ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रमले बालबालिकाको स्वास्थ्य शिक्षामा ध्यान दिन अझै प्रेरणा दिएको सहभागीहरुको धारणा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय