LIVE
२१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा, काठमाण्डाैका ३ बस्ती अतिक्रमणमुक्त | लुम्बिनी रोड रेसमा सेनाका खड्का र न्यौपाने विजेता | सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने। | नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै | नारायणीमा तटबन्ध निर्माण तीव्र | बुटवलमा जीतगढी विजय उत्सव | दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा खनाल | सिद्धबाबा तथा दुर्गा मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा शिव घिमिरे | गौतमबुद्ध प्रेस क्लबद्वारा वार्षिक भित्ते पात्रो विमोचन | प्राकृतिक चिकित्सा केन्द्रको १४ औं बार्षिक साधारण सभा सम्पन्न |

रुपन्देही, कार्तिक २२ ।
ब्रोडकास्टिङ एशोसियसन अफ नेपाल (वान) ले लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सन्देशमूलक सूचना, विज्ञापन तथा कार्यक्रमहरु सम्पुर्ण रेडियोहरुमा विनाभेदभाव, सामानुपातिक तथा वैज्ञानिक ढंगले वितरण गर्नुपर्ने माग सहित ध्यानाकर्षण पत्र बुझाएको हो ।
वानका लुम्बिनी प्रदेश संयोजक युगराज वस्याल सहितको टोलीले सामाजिक विकास मन्त्रालयका निमित्त कार्यालय प्रमुख थानेश्वर ज्ञवालीलाई भेटी ध्यानाकर्षण पत्र बुझाएको हो । सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशले यहि मिति २०८० कार्तिक १३ गते प्रकाशन गरेको सूचना प्रति गम्भिर धानाकर्षण भएको भन्दै नियम संगत सञ्चालित प्रदेश भरका सबै एफ.एम रेडियोहरुलाई समेट्ने गरि सामानरुपमा व्यावहार गर्नुपर्ने माग राखेको छ । सामाजिक विकास मन्त्रालयले प्रकाशित गरेको सूचनामा केहि वर्गका रेडियोलाई मात्र समेट्ने गरि सूचना निकालेको र प्रदेशभर सञ्चालित स्वातन्त्र रेडियोको पहुँचलाई निषेध गरिएको प्रति दुख व्यक्त गर्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको वान प्रदेश संयोजक युगराज वस्यालले बताउनु भयो । भेदभावपूर्ण व्यवहारका कारण मन्त्रालय संचारमैत्री भएको प्रत्याभुत गर्न नसकिएको भन्दै देशभरका स्वतन्त्र एफएम रेडियो तथा संचारमाध्यमलाई उपेक्षा नगर्न आग्रह गरिएको छ । यदि विभेद कायमै रहे संगठन संघर्षका कार्यक्रम गर्न बाध्यहुने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।


सूचना पाउने आम नागरिकको हकलाई कुन्ठित हुनेगरि निश्चित वर्गका रेडियोलाई मात्र विज्ञापन दिने गरि प्रस्ताव पेश गर्न भन्नु गलत भएको भन्दै यसमा सबै रेडियोको सहभागिता हुने गरि विना भेदभाव सबै नियम संगत रहेका प्रदेशभरका रेडियोले प्रस्ताव पेश गर्न पाउनु पर्ने गरि सूचना निकाल्नु पर्ने संठनको माग रहेको छ । मन्त्रालयले सन्देशमूलक सूचना तथा विज्ञापन प्रसारण कार्यक्रमका लागि यहि मिति २०८० कार्तिक १३ गते निकालेको सूचनामा ५०० वाट माथिका सामुदायिक रेडियो सूचिकरण गर्न अह्वान गरेको छ ।
ज्ञापनपत्र बुझ्दै मन्त्रालयका निमित्त कार्यालय प्रमुख थानेश्वर ज्ञवालीले वानले बुझाएको ज्ञापन पत्र जायज भएको बताउनु भयो । लुम्बिनी प्रदेशको समग्र विकासका लागि आफुहरु संचार माध्यम संग सहकार्य गरि काम गर्ने प्रतिवद्धता जनाउनु भयो । मन्त्रालय र सञ्चार संस्थाको सहकार्यमा समृद्ध लुम्बिनी प्रदेश निर्माणमा महत्त्वपुर्ण भुमिका खेल्ने उहाँले बताउनु भयो । उहाँले प्रकाशित सूचना सच्चाउने आश्वासन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय